सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्: इन्सेक
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जेठ २ गते जारी विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख…
प्रतिनिधिसभा सदस्य रायमाझी सांसद पदबाट निलम्बित
नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरफ्तारीमा परेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी सांसद पदबाट ०८० जेठ १ गते निलम्बन गरिएको छ । वैशाख २० गते गिरफ्तार पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रहरीले वैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका-५ पासिकोटबाट गिरफ्तार गरेको थियो । जिल्ला…
भुटानी शरणार्थी प्रकरणमा सांसद रायमाझी गिरफ्तार
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्व उपप्रधानमन्त्री तथा अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई प्रहरीले ०८० वैशाख ३१ गते बुढानिलकण्ठ नगरपालिका-५ पासिकोटबाट गिरफ्तार गरेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा गिरफ्तार परेका अभियुक्तहरूसँगको बयानका क्रममा नाम जोडिएपछि…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुर नगरपालिका-६ का ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले ०८० वैशाख २७ गते गिरफ्तार गरेको छ । फेसवुकको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएका थिए । आरोपितले पीडितलाई ललाइ फकाइ अश्लिल क्रियाकलाप…
तरकारीमा विषादी परीक्षण रोक्नुको कारण खुलाउन सर्वोच्च अदालतद्वारा सरकारलाई परमादेश जारी
सर्वोच्च अदालतले नेपालमा आयात गर्ने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्नुको कारणबारे दुई महिनाभित्र जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा परमादेश जारी गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमल्सिना, अधिवक्ता ज्योति बानियाँ, कुमारी खरेल र जयप्रसाद पौडेलले ताजा तरकारी तथा फलफूल आयात गर्दा…
राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले ०८० वैशाख २० गते मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ०८० जारी गर्नुभएको हो । मिटरब्याज पीडितको समूहसँग ०७९ चैत १७ गते गरेको…
एक वर्षको अवधिमा ५५ ओटा प्रेस स्वतन्त्रता हननका घटना
नेपालमा एक वर्षको अवधिमा ५५ ओटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जारी गरेको विज्ञप्तिमा सन् २०२२ मे ३ देखि सन् २०२३ अप्रिल २६ गते सम्ममा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ ओटा घटना घटेको उल्लेख छ । विज्ञप्तिमा…
हत्या घटनाका आरोपित सांसद कोइरी निलम्बित
हत्या घटनाका आरोपित महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सांसद पदबाट निलम्बन गरिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम कोइरीलाई ०८० वैशाख १९ गते निलम्बन गर्नु भएको हो । प्रहरी प्रधान कार्यालयले उच्च अदालत जनकपुरको फैसला कार्यान्वयनमा सहयोग गर्न…
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच झडप हुँदा दुई जना घाइते
लैनचौरस्थित अमृत साइन्स क्याम्पसमा ०८० वैशाख १७ गते नेकपा एमाले समर्थित अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीका नेताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा परी एमाले निकट अनेरास्ववियुका कार्यकर्ता कैलालीका २६ वर्षीय रमेश फुलारा र बर्दियाका २९ वर्षीय खेम सिंह घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता…
वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा चार जना घाइते
महाबौद्धस्थित वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्कँदा अस्पतालमा भएका चार जना बिरामी कुरुवा घाइते भएका छन् । वीर अस्पतालको पुरानो रातो भवनको बरण्डाको बाहिरी पर्खाल भत्कँदा तीन जना महिला र एक जना पुरुष घाइते भएका हुन् । छतको पर्खाल खसेर घाइते हुनेमा बिरामी आफन्त कुरेर बसेका बर्दियाकी २५ वर्षीया…