कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३१ गते)
वैशाख ३१ गते दुई जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार १ सय २७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ८ सय ८९…
इन्सेकद्वारा निर्वाचन आयोगसमक्ष स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश
इन्सेकले निर्वाचन आयोगसमक्ष वैशाख ३० गते साँझ नै स्थानीय तह निर्वाचन–२०७९ पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन पेश गरेको छ । इन्सेकले छिटफुट वादविवाद, केही झडप तथा आचारसंहिता उल्लङ्घनका घटना बाहेक शान्तिपूर्ण रूपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको जनाएको छ । निर्वाचन आयोगबाट पर्यवेक्षण अनुमति प्राप्त गरेका आफ्ना २ सय ३४ जना पर्यवेक्षकले…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३० गते)
वैशाख ३० गते सात जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार १ सय ४८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ८ सय ७३…
स्थानीय तह निर्वाचन २०७९: मतदान सम्पन्न
इन्सेक, सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको दुई वटा मतदान केन्द्रको निर्वाचन वैशाख ३० गते स्थगित भएको छ । मतदान अधिकृत विपिन यादवलाई स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि असहज परिस्थित सृजना भएकाले निर्वाचन स्थगित गर्नु परेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी…
निर्वाचन आयोगद्वारा वैशाख २९ गतेसम्म ६६ व्यक्ति र संस्थालाई स्पष्टिकरण
निर्वाचन आयोगले वैशाख २९ गतेसम्म आचारसंहिता उल्लङ्घन गरेको भन्दै ६६ जना व्यक्ति र संस्थासँग स्पष्टिकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा हालसम्म ६६ ओटा सङ्घसंस्था तथा व्यक्तिहरूलाई स्पष्टीकरण सोधेको तथा सोधिएकामध्ये १० ओटा स्पष्टिकरणको जबाफ चित्तबुझ्दो नभएकाले कानुनी कारवाहीका लागि सिफारिस गरिएको बताउनु भयो ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)
वैशाख २९ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ४ सय ६३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ८…
मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल
देशैभरका स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल जारी गरेको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख २९ गते जारी अपिलमा मतदानमा भाग लिन आग्रह गरिएको हो । जननिर्वाचित प्रतिनिधिले प्रशासनिक, व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिक रूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन…
पर्यटनमन्त्री प्रेम आले र एमाले नेता पृथ्वी सुब्बा गुरुङलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण
निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा ०७९ वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको,…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)
वैशाख २८ गते १८ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ७० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६६ हजार ८ सय ३९ जना निको…
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गर्ने १ सय ३९ सञ्चारमाध्यमलाई कारबाही
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन/प्रशारण गर्ने १ सय ३९ ओटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा ०७९ वैशाख २७ गते जारी विज्ञप्तिमा ०७८ चैत २६ गतेदेखि वैशाख २७ गतेको अवधिमा १ सय ३९ सञ्चारमाध्यमबाट १ सय ५० ओटा निर्वाचन आचारसंहिता प्रतिकूलका समाचार प्रकाशन÷प्रसारण…