स्वतन्त्र र स्वच्छ आँखाले निर्वाचनको पर्यवेक्षण गर्न आयोगको आग्रह

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन पर्यवेक्षकहरूलाई स्वतन्त्र र स्वच्छ आँखाले निर्वाचनको पर्यवेक्षण गर्न आग्रह गरेका छन् । निर्वाचनलाई शान्तिपुर्ण, स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नमा पर्यवेक्षकको महत्वपुर्ण भुमिका हुने भन्दै निर्वाचन सफल पार्न सहयोग पुग्ने ढङ्गबाट पर्यवेक्षण गर्न पर्यवेक्षकहरूलाई उनले सुझाव समेत दिएका छन् ।…

November 10, 2017  
निर्वाचनलाई ऐतिहासिकरूपमा सफल तुल्याउँछौँ: प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिकरूपमा सफल तुल्याउन निर्वाचन आयोग दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गरिएका तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरूलाई जानकारी दिन कातिक २३ गते काठमाडौँमा आयोजित…

November 10, 2017  
निर्वाचन पर्यवेक्षणलाई हलुका र रहरका रुपमा नलिनुस्ः डा यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हलुका र रहरका रुपमा नलिई स्वतन्त्र र निष्पक्ष भएर निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकलाई आग्रह गरेको राससले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट अनुमतिप्राप्त राष्ट्रिय सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनले यस्तो आग्रह गरेका…

November 9, 2017  
निर्वाचनमा रकम बाँडेको आरोपमा २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन

निर्वाचन आयोगले नेकपा एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरसँग २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ । 'प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा…

November 8, 2017  
निर्वाचन आयोगद्वारा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

दोस्रो चरणमा मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवाहरूलाई कात्तिक १९ गते ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिन्ह प्रदान गरिएको छ । कात्तिक १६ गते प्रतिनिधि सभा सदस्यतर्फ१ सय २८ र प्रदेश सभा सदस्यतर्फ२…

November 5, 2017  
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरण अन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सक्रिय रूपमा कार्यक्षेत्रमा खटिन प्रमुख अनुगमनकर्ताहरूलाई निर्देशन दिएका छन् । पहिलो चरण अन्तर्गत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अनुगमनमा कात्तिक २० गतेदेखि खटिने नेपाल सरकारका सचिव…

November 5, 2017  
निर्वाचन स्वच्छ, मर्यादित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई व्यवस्थित र सहज बनाउने उद्धेश्यले कात्तिक १८ गते काठमाडौँमा मतदान एवम् मतगणना प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । मतदान एवम् मतगणना प्रशिक्षणमा क्षेत्रीय निर्वाचन अधिकारी, जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरूको समेत सहभागि रहेको आयोगका सहसचिव एवम्…

November 5, 2017  
प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फबा उम्मेदवारहरूको बन्दसूची सार्वजनिक

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची कात्तिक १७ गते सार्वजनिक गरेको छ । आयोगस्थित प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचन प्रणालीको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयले ०७४ मङ्सिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फदलहरूले पेश…

November 3, 2017  
प्रधानमन्त्रीद्वारा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बढीभन्दा बढी जनसहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मङ्सिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् मर्यादित रूपमा सम्पन्न गर्नका लागि सरकारको तर्फबाट आवश्यक सहयोग…

November 3, 2017  
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् । कात्तिक १७ गते काठमाडौँमा राजनीतिक दलका युवाका लागि आयोगद्वारा आयोजित निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारको उम्मेदवारी रद्ध गर्ने चेतावनी दिएका…

November 3, 2017