सत्य निरूपण आयोगले बनाएको 'उजुरी तामेली मापदण्ड' खारेज

सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका अपराधमा छानबिनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोगले बनाएको मापदण्ड बुधबार खारेज गरिदिएको छ । मापदण्ड खारेज गर्ने सर्वोच्चको निर्णयसँगै आयोगले द्वन्द्वकालका सबै प्रकृतिका घटनाका उजुरीमा छानबिन गर्न आयोग बाध्य हुनेछ । सर्वोच्चका न्यायाधीशद्वय जगदीश शर्मा पौडेल र दीपककुमार कार्कीको संयुक्त इजलासले उजुरी तामेलीमा राख्ने गरी बनाएको…

February 2, 2017  
प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगमा रिक्त रहेका आयुक्त पदका लागि प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू गरेको  छ । समितिको माघ १९ गते बसेको बैठकले प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले प्रस्तावित आयुक्तहरूको विरुद्धमा गुनासो वा उजुरी भए समितिमा पठाउन पनि आग्रह गरेको छ । संवैधानिक परिषद्को…

February 1, 2017  
विद्यार्थी सङ्गठनबिच झडप, अखिलका क्याम्पस अध्यक्ष गौतम घाइते

काठमाडौँको ठमेलस्थित सरस्वती बहुमूखी क्यापसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र एकीकृत नेकपा माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरूबिच माघ १८ गते झडप भएको छ । झडपमा अनेरास्ववियु सरस्वती क्याम्पस कमिटी अध्यक्ष शङ्कर गौतम घाइते भएको अनेरास्ववियुका केन्द्रीय प्रवक्ता आरसी लामिछानेले बताए । कुटपिटका कारण घाइते गौतमको…

January 31, 2017  
द्वन्द्वकालका घटना समाधानका लागि गठित दुई आयोग सङ्कटमा

सशस्त्र द्वन्द्व व्यवस्थापन गर्न गठन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सङ्कटमा परेका छन् । दुई वर्षभित्र सशस्त्र द्वन्द्वकालीन घटनाको व्यवस्थापनका लागि गठित ती आयोगको समय यही माघ २७ गते सकिँदैछ भने ती दुवै आयोगले गतवर्ष संशोधन गर्न पठाएको ऐनसमेत पारित नहुँदा तीनको कामकारबाही…

January 31, 2017  
लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सभापतिका लागि माघ १७ गते भएको निर्वाचनमा एमाले सांसद पशुपति चौलागाईंको भन्दा सात मत बढी ल्याएर सत्तापक्षीय गठबन्धनका उम्मेदवार डोरप्रसाद उपाध्याय निर्वाचत भएका हुन् । निर्वाचत उपाध्यायले ३९ मतमध्ये २३ मत प्राप्त गरेका थिए…

January 30, 2017  
संसदबाट निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित

व्यवस्थापिका संसदको माघ १७ गतेको बैठकले निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरेको छ । राज्यव्यवस्था समितिले माघ १४ गते संसदमा प्रस्तुत गरेको प्रतिवेदनमाथि संसदमा उपस्थित सांसदहरूको र्सवसम्मतिले पारित भएको हो । संसदले निर्वाचनसँग सम्बन्धित निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक यसअघि नै पारित गरेको…

January 30, 2017  
सर्वोच्चको न्यायाधीश पदमा केसी र भण्डारीको नाम अनुमोदन

व्यवस्थापिका संसद्को सुनुवाइ समितिको माघ १७ गते बसेको बैठकले मुख्य न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन गरेको छ । न्यापरिषद्को पुस १८ गतेको बैठकले न्यायाधीश केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गर्दै सुनुवाइका लागि संसद सचिवालयमा पठाएको थियो । संसदीय सुनुवाइको क्रममा दुवै…

January 30, 2017  
शहीदले गरेका बलिदानको स्मरण गरी शहीद दिवस मनाइयो

मुलुकमा प्रजातन्त्र स्थापना गरी जनतालाई समृद्ध बनाउनका लागि शहीदले दिएको जीवनको बलिदानीलाई माघ १६ गते विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ । शहीद दिवसका अवसरमा चार शहीद शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएर र उनीहरुके स्मरणमा कार्यक्रमहरु गरेर सम्झना गरिएको हो ।…

January 29, 2017  
निर्वाचन आयोगमा तीन जनाको नाम सिफारिस

संवैधानकि परिषद्को माघ १४ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह रहेका छन् । सिफारिस भएका दाहाल र पौडेल पूर्व सचिव हुन् भने शाह पूर्व सहसचिव हुन् । संसदीय सुनुवाइको प्रक्रिया पूरा…

January 27, 2017  
निर्वाचनका लागि कानुनी आधार तय, दुई विधेयक पारित

आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको राससले जनाएको छ । व्यवस्थापिका–संसद्को माघ १२ गते बसेको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको हो । सो विधेयकमाथिको…

January 25, 2017