माओवादीका बहिर्गमित लडाकुद्वारा माओवादी केन्द्रको कार्यालयमा धर्ना

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादीका पूर्व लडाकुहरूले कात्तिक ३० गते पेरिसडाँडास्थित एकीकृत नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना दिएका छन् । सात बुँदे माग राखी कात्तिक २२ गतेदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गर्दै आएका पूर्व लडाकुहरूले उठाएका माग सम्बोधनका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र पार्टीको ध्यानाकर्षण गराउन धर्ना दिइएको…

November 15, 2016  
लोकमानविरूद्धको महाअभियोग प्रस्ताव पारित गर्न सांसदहरूको जोड

व्यवस्थापिका संसदको कात्तिक २९ गते बसेको बैठकमा अधिकांश सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पारित गर्न जोड दिएका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरूले कार्कीले पदीय दुरूपयोग गरेको भन्दै उनीविरूद्धको महाअभियोगको प्रस्ताव पारित गनुपर्नेमा जोड दिएका हुन् । एमालेका सांसद युवराज ज्ञवालीले नेपालको…

November 14, 2016  
सङ्घीय गठबन्धनद्वारा संविधान संशोधन प्रस्ताव पेश गर्न सरकारलाई अल्टिमेटम

संविधान संशोधनको माग राख्दै लामो समयदेखि आन्दोलनरत सङ्घीय गठबन्धनले मङ्सिर १५ गतेभित्र संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्न सरकारलाई 'अल्टिमेटम' दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनका नेताबिच कात्तिक २९ गते भएको छलफलमा गठबन्धनले सो अल्टिमेटम दिएको हो । सरकारले संविधान संशोधनको गृहकार्य अघि बढाइरहेको र छिट्टै संशोधन प्रस्ताव…

November 14, 2016  
सङ्क्रमणकालीन न्यायिक आयोगसम्बन्धी ऐन संशोधनको तयारी

द्वन्द्वकालीन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ । बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको बताइएको छ । विद्यमान ऐनअनुसार द्वन्द्वकालीन मुद्दाहरूको…

November 14, 2016  
डा. गोविन्द केसीद्वारा दसौँ पटकको अनशन सुरु

वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा. डा. केशवप्रसाद सिंहलाई नियुक्त गरिएको भन्दै प्रा. डा. गोविन्द केसीले कात्तिक २८ गतेदेखि दसौँ अनशन सुरु गरेका छन् । यस अघि डा. केसी नाै पटक अनशन बसिसकेका छन् । कात्तिक २७ गते विज्ञप्ति जारी गर्दै कात्तिक २८ गते २ बजेसम्म डिन नियुक्त…

November 14, 2016  
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा आगजनी तथा तोडफोड

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले कात्तिक २८ गते आहृवान गरेको बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीहरूले सवारी साधनमा आगजनी तथा तोडफोड गरेका छन् । माओवादीले कालोबजारी, महङ्गी, मूल्यबृद्धि नियन्त्रणलगायतका माग गर्दै बन्दको आहृवान गरेको हो । काठमाडौँ उपत्यकामा बन्दको आंशिक प्रभाव रह्यो भने उपत्यका बाहिरका केही जिल्लाहरूमा आन्दोलनकारीहरूले सवारी साधनमा…

November 13, 2016  
मधेसी आयोग गठनसम्बन्धी विधेयक संसदमा पेश

सरकारले मधेसी आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ । मधेसमा विद्यमान कुरीति तथा शोषणको अन्त्य र सशक्तीकरणका लागि नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्न र त्यसको कार्यान्वयनका लागि सरकारले कानुन बनाई आयोग गठनसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको जनाएको छ । गठन हुने आयोगले आर्थिक तथा सामाजिक रूपमा पछि परेका…

November 13, 2016  
'सरकारले झुठा मुद्दा लगाएर फसाउन खोज्यो'-बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले बहिर्गमनमा परेका माओवादीका पूर्व लडाकुहरूले गर्दै आएको शान्तिपूर्ण आन्दोलनलाई दमन गर्ने षडयन्त्रमा सरकार लागि परेको आरोप लगाएको छ । काठमाडौँमा कात्तिक २७ गते आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले प्रहरी प्रशासन लगाएर आन्दोलनलाई दमन गर्ने र झुठा मुद्दा लगाएर पूर्व…

November 12, 2016  
आफ्ना मागबारे माओवादीका बहिर्गमित लडाकुद्वारा आयोगको ध्यानाकर्षण

बहिर्गमित जनमुक्ति सेना नेपालमा आवद्ध माओवादी पूर्व लडाकुहरूले आफ्ना सात बुँदे मागबारे सत्य निरूपण तथा मेलमिलाप आयोगको ध्यानाकर्षण गराएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको नेतृत्वमा कात्तिक २६ गते बबरमहलस्थित आयोगको कार्यालयमा पुगेको टोलीले बहिर्गमित लडाकुहरूको विषयलाई आयोगको कार्यक्षेत्र भित्र समेटी माग सम्बोधनका लागि पहल गर्न आयोगको…

November 11, 2016  
सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाद्वारा संसद् बैठक बहिष्कार

सरकार गठन गर्दा सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेसी मोर्चाले व्यवस्थापिका संसदको कात्तिक २६ गतेको बैठक बहिष्कार गरेको छ । चार्डपर्व सकिएपछि पहिलो पटक बसेको संसद बैठकमा विषेश समय लिएर बोल्दै सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले तीन बुँदे सहमति कार्यान्वयन…

November 11, 2016