बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित मण्डलले नग्न तस्वीर तथा भिडियो लिएर फेसबुकमा भाइरल गरिदिने डर र त्रास देखाउँदै साढे २ वर्षदेखि बलात्कार गर्दै आएको पीडितले…

April 18, 2021  
हत्या घटनाका आरोपितविरुद्ध उजुरी दिएपनि कारवाही नगरेको पीडित पक्षको आरोप

आदर्शकोटवाल गाउँपालिका–३ बतरा टोलकी २२ वर्षीया सरिताकुमारी मुखियालाई सिम्रोनगढ नपा–१ रामसागरढाट टोलका २६ वर्षीय पति लालु मुखिया र लालुका परिवारका चार जना सदस्य मिलेर कुटपिट गरी ०७७ फागुन २४ गते राति हत्या गरेर शव लुकाएको आरोपमा पीडित पक्षले इलाका प्रहरी कर्यालय सिम्रोनगढमा फागुन २५ गते र जिल्ला प्रहरी कार्यालयमा चैत…

April 16, 2021  
बलात्कार घटनाका कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–८ का २१ वर्षीय मोहमद अख्तरलाई जिल्ला अदालतले ०७७ चैत ३० गते ६ महिना कैद तथा ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७७ असोज २४ गते बलात्कार…

April 15, 2021  
शिक्षकलाई कुटपिट गरेको आरोपमा अभिभावक गिरफ्तार

बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका अभिभावक ४५ वर्षीय प्रेम रायलाई सोही दिन गिरफ्तार गरेको छ । चैत २६ गते नियमित कक्षा सञ्चालनको क्रममा होहल्ला गरेको भन्दै शिक्षक यादवले सम्झाइबुझाइ गरेको तर सोही कुरालाई लिएर…

April 12, 2021  
प्रधानाध्यापकलाई कुटपिट घटनाका आरोपित गिरफ्तार

आदर्शकोटवाल गाउँपालिका–७ कोत्वाली टोल घर भई रामचरित्र मावि आदर्शकोटवाल गाउँपालिका–१ जयनगर चिउँताहाका प्रधानाध्यापक ४८ वर्षीय दिनेशप्रसाद साहलाई चैत २९ गते कुटपिट गरेको आरोपमा प्रहरी चौकी चिउटाहाको प्रहरी टोलीले सोही विद्यालय व्यवस्थापन समितिका सदस्य तथा जनता समाजवादी पार्टी गाउँपालिका सदस्य र सोही टोलमा सञ्चालनमा रहेको महेन्द्र मेमोरियल बोर्डिङ स्कूलका सञ्चालक तथा…

April 12, 2021  
मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा गिरफ्तार

लहान नपा–८ स्थित मालपोत कार्यालयमा बम विष्फोट गराएको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २० वर्षीय गुड्डु भनिने रामजतन मुखियालाई इलाका प्रहरी कार्यालय लहानले चैत २८ गते गिरफ्तार गरेको डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो । यसअघि सुखिपुर नपा–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय…

April 11, 2021  
दरबन्दी अनुसार शिक्षक अभावका कारण पठनपाठनमा समस्या

चन्द्रपुर नगरपालिका–८ मोतिपुरस्थित शिवशक्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएको छ । अभिभावक रेखा चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुँदा पढाइ राम्रो हुँदैन । स्थानीय जोखन विश्वकर्माले बालबालिकाको पढाइ राम्रो नभएको आरोप लगाउनु भयो । आधारभूत विद्यालयमा कम्तीमा पनि आठ जनाको दरबन्दी हुनुपर्नेमा बालशिक्षा, राहत कोटाबाट…

April 10, 2021  
अधिकारकर्मीहरूद्वारा प्रदेश–२ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ध्यानार्कषण

महोत्तरी जिल्लाबाट ६ जना बालिका र एक जना युवतीलाई भारतबाट उद्धार गरिएको घटनाको अनुसन्धान शीघ्र र पारदर्शी तवरबाट गरी घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याई कारवाहको माग गर्दै चैत २५ गते इन्सेक प्रदेश २ को नेतृत्वमा अधिकारकर्मीहरूको टोलीले प्रदेश–२ आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ध्यानार्कषण पत्र बुझाएको छ…

April 7, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई चैत २४ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १५, १७ र २० गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएकोे जिल्ला…

April 7, 2021  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई लहान नपा–२१ का २५ वर्षीय कमलेश साहले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय लहानले चैत २१ गते दर्ता गरेको छ । पीडित युवतीलाई आरोपितले चैत १६ गते बलात्कार प्रयास गरेको र गाउँमै घटना मिलाउन खोज्दा घटना नमिलेपछि इलाका प्रहरी कार्यालय लहानमा चैत…

April 4, 2021