खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख…

January 12, 2022  
अधिकारकर्मीको टोलीद्वारा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४ गते भेटघाट गरी अनुगमन गरेको छ । अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका जिल्ला नेताहरूको मानव अधिकारको अवस्थाबारे टोलीले जानकारी लिएको छ । अनुगमन…

January 11, 2022  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई विष्णु गाउँपालिका–५ सिमराका ३४ वर्षीय सुजितकुमार महतोले पुस २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पुस २५ गते उजुरी दिएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २५ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ । उजुरी पछि आरोपितको खोजी भइरहेको जिल्ला…

January 11, 2022  
बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका ३१ वर्षीय बुबाविरुद्धको उजुरी पुस २३ गते मुल्तबीमा राख्ने जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीश इश्वरमणि ओझाको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २ गते बलात्कार…

January 10, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सबैला नगरपालिका–९ भठियन बस्ने ५५ वर्षीय मुनेश्वर राय अमात्यलाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडितलाई बलात्कार गरिरहेको अवस्थामा पीडित चिच्याएपछि स्थानीयले उद्धार गरेको स्थानीय मनोज पासवानले बताउनु भयो । स्थानीयको सहयोगमा पीडितले पुस २४ गते इलाका प्रहरी कार्यालय सवैलामा आरोपितविरुद्ध उजुरी…

January 10, 2022  
शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेकका…

January 8, 2022  
शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विष्णपुपुर गाउँपालिकास्थित जनता मावि इटहरी विष्णुपुरमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले शिक्षा र सचेतनाको…

January 6, 2022  
धनुषामा अज्ञात पक्षबाट पत्रकारको घरमा आगजनी

गणेशमान नगरपालिका–५ सखवोनी क्वाशे टोलमा बस्ने पत्रकार सुरेशकुमार यादवको घरमा अज्ञात पक्षले पुस २० गते आगजनी गरेको छ । आगजनीबाट काठ, माटो र जस्ताको छानाले छाएको घर पूर्ण रूपमा जलेर नष्ट भएको पीडित पत्रकार सुरेश कुमार यादवले बताउनु भयो । पीडित पत्रकार सुरेश यादवले भन्नु भयो–‘पुस १९ गतेदेखि आमा बिरामी…

January 5, 2022  
अपरिचित व्यक्तिहरूको समूहद्वारा ट्रकमा आगजनी 

मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले ट्रक रोकी आगो लगाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीबहादुर वलीले बताउनु भयो । आगलागीबाट गाडीको अगाडिको…

January 4, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१२ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का ४५ वर्षीय धनिकलाल यादवले यौन दुर्व्यवहार गरेको आरोपमा परेको उजुरी इलाका प्रहरी कार्यालय महेशपुर पतारले पुस १६ गते दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको र स्थानीयले गाउँमै घटना मिलाउन छलफल भएकाले उजुरी दिन ढिलाइ भएको पीडित पक्षले…

January 3, 2022