बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । अयोध्यानगर गाविस-१ की…
मोर्चाका कार्यकर्ताद्वारा अस्पताल, यात्रुबाहक बस र होटलमा तोडफोड
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले असोज ३ गते साँझ ब्ल्याक आउटको समयमा बत्ति बालेको आरोपमा एउटा अस्पताल, पाँच ओटा रात्री बस र एउटा होटलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले लहान नपा-१ स्थित सहिद चोकमा रोकिराखेको ना. ५ ख ४९४९ नम्बरको विराटनगरबाट काठमाडौँ हिँडेको रात्री बसमा ढुङ्गा…
छोरीको हत्या गरेको आरोपमा अस्पतालमा आमामाथि निगरानी
धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ । प्रहरीका अनुसार हिराले आफ्नो घर छेउकै सार्वजनिक इनारमा छोरीलाई फाली आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको र आमा भने बाँचेकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६ बस्ने ४२ वर्षीय गङ्गा पासवानलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले भदौ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको उजुरीमा आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोप…
भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा
दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते दिएको उजुरीमा रामकुमारले कर्जन्हा गाविसकी राधासँग…
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारणमा नै औषधि अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए । उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको…
बहुविवाह गरेको आरोपमा उजुरी
गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् । पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् । इलाका प्रहरी कार्यालय…
बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् । सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग समाजद्वारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मधेसको विकासका लागि मात्रै सरकारले ३२ अर्व रुपियाँ विनियोजन गरेको बताए । 'नागरिकलाई सही…
कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी
लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र महतो र ४५ वर्षीय सुरज महतोकाविरुद्ध पीडित परिवारले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पीडितका ससुरा…