बलात्कार घटनाका आरोपित गिरफ्तार
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले सप्तरी जिल्ला बसवलपुर गाविस-७ घर भई हाल गोलबजार नपा-६ बस्ने ४२ वर्षीय गङ्गा पासवानलाई भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले भदौ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा दिएको उजुरीमा आरोपितले भदौ २५ गते बलात्कार गरेको आरोप…
भारतबाट उद्धार गरिएका बालकहरू परिवारको जिम्मामा
दलालको फन्दामा परेर परिवारबाट बिछोडिएका सिरहाका चार जना बालकहरूलाई भारतको बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १७ गते दिएको उजुरीमा रामकुमारले कर्जन्हा गाविसकी राधासँग…
जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारणमा नै औषधि अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए । उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको…
बहुविवाह गरेको आरोपमा उजुरी
गोलबजार नपा-२ की २८ वर्षीया सुनिता पासवानले ३२ वर्षीय पति ध्यानी पासवानले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा भदौ १६ गते उजुरी दिएकी छन् । पीडितका अनुसार ध्यानीले २७ वर्षीया गौरी सदायसँग भदौ १३ गते बहुविवाह गरेको थाहा पाएपछि कारबाहीको माग गर्दै उजुरी गरेको बताइन् । इलाका प्रहरी कार्यालय…
बजेटको कमी छैन, संस्कारको कमी छः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मधेसको विकासको लागि बजेटको कमी नभएर संस्कारको कमी भएको बताएका छन् । सिरहाको भलुवाहीमा भदौ ८ गते इन्सेकको साझेदार संस्था नेपाल अपाङ्ग समाजद्वारा आयोजित छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मधेसको विकासका लागि मात्रै सरकारले ३२ अर्व रुपियाँ विनियोजन गरेको बताए । 'नागरिकलाई सही…
कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी
लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र महतो र ४५ वर्षीय सुरज महतोकाविरुद्ध पीडित परिवारले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पीडितका ससुरा…
पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
लहान नगरपालिका-६ की ४३ वर्षीया बबिता साहलाई हत्या गरेको आरोपमा ४५ वर्षीय पति विशेश्वरप्रसाद साहलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २ गते राति गिरफ्तार गरेको छ । आरोपितले भदौ २ गते राति १० बजे तिर घरायसी विवादमा बबिता साहलाई सिलौटाले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । झगडा छुटाउने क्रममा ६…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल मनोज आचार्यले बताए । पीडित २५ वर्षीया…
समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात
समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात गरेको पीडितले बताए । भदौ १ गतेको कान्तिपुरको चार नम्बर पृष्ठमा बाबा गणपति कन्ट्रक्सन फुलकहाकट्टलिे पशु सेवा केन्द्र भगवानपुरको भवन…