शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र विष्णुपुर गाउँपालिकाको सहकार्यमा स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रमा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले इन्सेकले अनुगमन गरी दिएको…
बन्द गरेको आरोपमा १० जना गिरफ्तार
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको फागुन ४ गते नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले सिरहाको गोलबजारबाट १० जना बन्दकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा गोलबजार नगरपालिका–२ का ४३ वर्षीय राम नारायण सिंह, गोलबजार नगरपालिका–६ का ३५ वर्षीय शम्भु साह,…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नपा–३ का २५ वर्षीय सरोजकुमार मण्डलविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा माघ २६ गते उजुरी दिएको छ । पीडितलाई आरोपितले माघ २५ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध उजुरी दिएकोे पीडितकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २६ गते…
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनमा तोडफोड
जनमत पार्टीका कार्यकर्ताले माघ २० गते बन्दको अवज्ञा गरेको भन्दै ना ४ ख १७९८ नम्बरको तेल टयाङ्कर, ना ७ ख ८३१० नम्बरको ट्रक, ना ३ ख ४९६२ नम्बरको ट्रक र प्रदेश १ –०१–००१ ख ३९३३ नम्बरको बसको अगाडिको सिसा फुटाएर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिसपी शुभाष बुढाथोकीले बताउनु भयो…
अपरिचित व्यक्तिहरूको समूहद्वारा ट्रकमा आगजनी
मिर्चैया नगरपालिका–६ स्थित बतहा खोला नजिक पुस १९ गते बिहान ना ४ ख १००९ नम्बरको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रकमा अपरिचित व्यक्तिहरूको समूहले ट्रक रोकी आगो लगाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरीबहादुर वलीले बताउनु भयो । आगलागीबाट गाडीको अगाडिको…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१२ वर्षीया बालिकालाई सुखिपुर नगरपालिका–६ का ४५ वर्षीय धनिकलाल यादवले यौन दुर्व्यवहार गरेको आरोपमा परेको उजुरी इलाका प्रहरी कार्यालय महेशपुर पतारले पुस १६ गते दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको र स्थानीयले गाउँमै घटना मिलाउन छलफल भएकाले उजुरी दिन ढिलाइ भएको पीडित पक्षले…
सिरहा जिल्लामा दुई दिनको लागि निषेध आदेश जारी
सिरहा जिल्लामा पुस १३ र १४ गतेको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले निषेध आदेश जारी गरेको पुस १२ गते सूचना प्रकाशन गरेको छ । जनमत पार्टीका कार्यकर्ताहरूले पुस ११ गतेदेखि जिल्लामा गरेको आम हडताल तथा चक्का जामका कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई ध्यानमा राखी पुस १३ गते बिहान ५ बजेदेखि…
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३८ वर्षीया महिलालाई पुस ३ गते बलात्कार प्रयास गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का हरिदेव झकरैत यादव विरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस ५ गते उजुरी दर्ता गरेको छ । पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको बताइन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले आरोपित बिरुद्ध…
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व पुस ४ गते सिरहामा वार्षिक समीक्षा गरिएको छ । सिरहामा सन् २०२१ को यो अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी भएको प्रतिवेदन इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले प्रस्तुत गर्नु भएको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२ का २२ वर्षीय राकेश यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा मङ्सिर २० गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ६ गते बलात्कार गरेको गाउँमै घटना मिलाउने प्रयास भएकाले उजुरी दिन ढिला भएको पीडित बालिकाका बाबुले बताए । पीडित बालिकाको…