जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित एक…

January 12, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९ गते गिरफ्तार गरेको छ । लहान नपा-१५ की २० वर्षीया पुनम ढुङ्गानाले आरोपितद्वयले मङ्सिर १५ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस १९…

January 4, 2017  
बहुविवाह गरेको कसुरमा जनही एक वर्ष कैदको फैसला

बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताए । विष्णुपुरकट्टी गाविस–१ की १९ वर्षीया…

January 4, 2017  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सिरहा नपा-१७ का ४२ वर्षीय हकरु पासवानलाई जिल्ला अदालतले पाँच वर्षकैद तथा २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १२ गते उक्त फैसला सुनाएको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । पीडित महिलालाई आरोपितले गत जेठ २६…

December 28, 2016  
इन्सेक र नेपाल अपाङ्ग समाजको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न

इन्सेक र नेपाल अपाङ्ग समाजले सिरहामा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ८ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ । सन २०१५ जनवरीदेखि २०१६ डिसेम्बरसम्म दुई वर्षसम्म सिरहाका हनुमान…

December 23, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१२ का ३५ वर्षीया लगना मल्लीकलाई पुस ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस ७ गते उजुरी दिएकी थिइन् । पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि…

December 22, 2016  
बलात्कार घटनाका आरोपीत गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सिरहा नपा-१२ का ३० वर्षीय मोहमद इलियास दफालीलाई पुस ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ४ गते उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…

December 20, 2016  
पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सिरहामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते लहानमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । यस वर्ष १ सय ९ ओटा घटना अभिलेख गरिएको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका…

December 10, 2016  
तराई मुक्ति मोर्चाद्वारा कुकर बम विष्फोट

सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय तथा भौतिक क्षति नपुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिपक भारतीले बताए । घटनास्थल नजिक जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहको पर्चा…

December 9, 2016  
प्रमुख निर्वाचन आयुक्तद्वारा आचारसंहिता पालनामा जोड 

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउनका लागि राजनीतिक दलका नेता तथा कार्यकर्ता र आम मतदाताले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन् । सिरहामा मङ्सिर १२ गते निर्वाचन आयोगले आयोजना गरेको 'राजनीतिक दललगायतका सरोकारवालाहरूसँग निर्वाचनसम्बन्धी विविध विषयमा अन्तरक्रिया" कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त यादवले…

November 28, 2016