बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा–६ घर भइ हाल लहान नपा–१४ बस्ने ३० वर्षीय मोहमद शयद बिरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा पुस १२ गते उजुरी दिए । पीडितलाई आरोपितले पुस ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १२ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–२४ का २३ वर्षीय मनोज दासलाई इलाका प्रहरी कार्यालय लहानले पुस १५ गते गिरफतार गरेको छ । पीडितलाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस १५ गते भएको…
हत्या घटनाका आरोपितहरु बिरुद्ध उजुरी
मिर्चैया नपा–३ की ५० वर्षीया मन्तुतदेवी यादवको हत्या आरोपमा देवर ४५ वर्षीय रामदेव यादव, देउरानी ४२ वर्षीय मायादेवी यादव, सम्धी ५० वर्षी नागेन्द्र यादव र २२ वर्षीय राकेश यादव बिरुद्ध मृतकका पति रामनारायण यादवले इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १४ गते उजुरी दिए । पुस १३ गते आरोपितको पाडोले आफ्नो…
यौन दुरव्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कर्जन्हा नपा–५ का २३ वर्षीय सिद्धार्थ बिकलाई पुस १० गते गिरफ्तार गरेको छ । आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका बुबाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १० गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को पूर्व समीक्षा कार्यक्रम समपन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सिरहामा संकलन गरिएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरुको पुस्तक प्रकाशन पूर्व पुस १० गते सिरहामा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सिरहाका अनुसार सन् २०२२ मा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो…
हत्या घटनाका आरोपितहरुलाई जन्मकैदको फैसला
कल्याणपुर नपा–८ की २२ वर्षीया कंचनदेवी मंडललाई आगो लगाई हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ४० वर्षीया सासु सुर्जी मंडल र धनुषाको सबैला नपा–१३ की २३ वर्षीया नन्द सुनिता मंडललाई पुस ५ गते जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्याधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
अपाङ्गता ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले सुखिपुर नपा–३ का २० वर्षीय चन्दन यादव विरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा पुस १ गते उजुरी दिएका छन् । महिलालाई साउन २८ गते यादवले बलात्कार गरेको आरोप छ । पीडित महिला गर्भवती भएको शंका लागेपछि सोधपुछ गर्दा घटनाबारे जानकारी…
विभिन्न कार्यक्रम सहित ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवस समपन्न
“सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय” भन्ने मुल नाराका साथ मङ्सिर २४ गते सिरहामा विभिन्न कार्यक्रम सहित ७४ औं मानवअधिकार दिवस समपन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन लहान नपा, मानवअधिकार संरक्षण केन्द्र (संजाल), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जिल्ला प्रहरी कार्यालय, शिक्षाका लागि राष्टिय…
विजय जुलुसमा सहभागीले ढुङ्गा मुढा गरेको आरोपमा चक्का जाम
सिरहा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका लिलानाथ श्रेष्ठको विजय र्यालीमा सहभागी कार्यकर्ताहरुले मङ्सिर ९ गते नेकपा माओवादी उम्मेदवार तथा निकटतम प्रतिद्वन्दी विश्वनाथ साहको गोलबजारस्थित दाजुको घरमा ढुङ्गामुढा गरेको आरोपमा नेकपा माओवादीका कार्यकर्ताहरुले सिरहाको गेलबजारमा मङ्सिर १० गते बिहान सडक अबरुद्ध गरेका छन् । गोलबजार नगरपालिकाका…
यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय झगरु भनिने रामप्रताप यादव र १८ वर्षीय शम्भु यादवलाई जनही तीन महिना कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको एकल इजलाशले सो फैसला गरेको हो । साथै पीडितलाई १५…