इन्सेक मधेस प्रदेशद्वारा जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन
इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक अनिता चौधरीले जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको प्रहरी हिरासतको अनुगमन असार २९ गते गरेको छ । जिल्ला प्रहरी कार्यालयमा एक महिला हिरासत कक्ष, एक तेश्रो लिङ्गि हिरासत कक्ष र तीन ओटा पुरुष हिरासत…
प्रहरीलाई यातना दिएको घटनाको इन्सेक मधेस प्रदेशद्वारा अनुगमन
महोतरी जिल्लाको जलेश्वर नगरपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत २६ वर्षीय प्रहरी जवान अनु रायलाई यातना दिएको घटनाको अनुगमन इन्सेक मधेस प्रदेशले ०८० असार २९ गते गरेको छ । इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान, जिल्ला प्रतिनिधि दुर्गा परियार, फोकल पर्सन बरुण बस्याल र ओरेककी संयोजक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नगरपालिका–८ का २० वर्षीय प्रमोद पासमानलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असार २५ गते गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई ०७९ चैत ७ गते बलात्कार गरेको र गाउमै घटना मिलाउने प्रयास भए पनि घटना नमिल्दा जिल्ला प्रहरी कार्यालय सिरहामा असार २४ गते उजुरी…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१४ र १३ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका–१ का २३ वर्षीय रमेश यादव विरुद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला असार २६ गते गरेको छ । आरोपित यादव हालसम्म फरार रहेकोले जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितले बालिकाहरूलाई ०७८ असार ९…
बलात्कार घटनाका आरोपितलाई नौ वर्ष कैद सजाय
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का ३० वर्षीय रोशन लामालाई नौ वर्ष कैद सजायको फैसला असार २६ गते गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । पीडितलाई ५० हजार रुपियाँ क्षतीपूर्ती दिने समेत फैसला भएको हो…
बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैद
३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का २८ वर्षीय शक्ति भन्ने रमेश कुमार यादवलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला असार २१ गते गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । आरोपितले पटक पटक कसुर…
बलात्कार घटनाका आरोपितलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला
मिर्चैया नगरपालिका–१ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मिर्चैया नगरपालिका–२ का १९ वर्षीय विमलेश महरालाई १८ वर्ष कैद सजायको फैसला ०८० असार १९ गते गरेको छ । जिल्ला अदालतका न्याधीश लिलाराज अधिकारीको एकल इजलासले सो फैसला गरेको हो । अर्का आरोपित सोही ठाउका २४ वर्षीय…
महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न
मिडिया काउन्सिल मधेस प्रदेश, जनकपुरको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा सिरहाको लहानमा महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम असार १८ गते समपन्न भएको छ । मधेस प्रदेशका महिला पत्रकारहरूलाई पत्रकारिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद…
बलात्कार घटनाको कसुरमा जन्मकैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ३५ वर्षीय पितालाई जन्मकैद सजायको फैसला असार १७ गते गरेको छ । जिल्ला अदालतका न्याधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सो फैसला गरेको हो । पीडितलाई २ लाख रुपियाँ क्षतीपुर्ती दिने गरी फैसला भएको छ । आरोपितले बालिकालाई ०७८ फागुन १९…
बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको उजुरी असार १५ गते दर्ता भएको छ । आरोपितले बालिकालाई असार ६ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ८ गते उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो…