बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१८ का २५ वर्षीय सञ्जय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…
एकीकृत समाजवादीका कार्यकर्ताद्वारा निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड
नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूद्वारा लहान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते तोडफोड गरेका छन् । आफ्नो दलका उम्मेदवारहरूको ४२ ओटा फाइल दर्ता नगरी गायब गरेको र ५ बजेपछि दर्ता नगर्ने भनेकाले सो विषयमा विवाद भएको समाजवादीका केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनु भयो । ‘नियत बस हाम्रो फाइलहरु लुकाएर…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा औरही गाउँपालिका–३ का ५१ वर्षीय मिथिलेश चौधरीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा वैशाख १० गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेकाले कारवाहीका लागि उजुरी दिएको पीडितले बताइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख १० गते…
निर्वाचनमा महिला सहभागिता सुनिश्चितताका लागि ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल सिरहा, मानव अधिकार रक्षक सञ्जाल सिरहा, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्रलगायतका संस्थाहरूले महिलाको समानुपातिक समावेशी नेतृत्वको अधिकार सुनिश्चित गर्न राज्यका सबै संयन्त्रहरूको ध्यानाकर्षण गर्न र निर्णायक तहमा महिला जनप्रतिनिधिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न…
मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सखुवानन्कारकट्टी गाउँपालिकामा चैत ३० गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले इन्सेकले हाम्रो गाउँपालिकामा काम गरेर मानव अधिकारको सवालमा हामीलाई जबाफदेही बनाउन मद्दत…
अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा अभिमुखिकरण कार्यक्रम विष्णुपुर गाउँपालिकामा चैत २८ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष अरहुलादेवी सिहंले गाउँपालिकामा आएर इन्सेकले मानव अधिकारका सवालहरूबारे जागरूकता ल्याएको कताउनु भयो । उहाँले भन्नु भयो–‘…
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
पाँच वर्षीया बालिकलाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले कल्याणपुर नपा–४ का ५७ वर्षीय अशेश्वर चमारलाई चैत १७ गते १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले सो फैसला गरेको हो । फैसलामा नेपाल सरकारसँग पीडितलाई ५० हजार क्षतीपुर्ति दिन भनिएको छ ।…
यौन दुर्व्यवहार घटनाका आरोपितलाई जेल सजायको फैसला
सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाका न्यायाधीश प्रकाश खरेलको इजलासले लहान नपा–३ का १४ वर्षीय बालकलाई चैत १७ गते ८ वर्ष ४ महिना कैद तथा २५ हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ । पीडित बालकलाई आरोपितले ०७६ जेठ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै गोलबजार नपा–१० का ३८ वर्षीय दशैया भन्ने खडकबहादुर आलेलाई जिल्ला अदालत सिरहाले चैत १३ गते १० वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ । न्यायाधीश रोमनाथ अधिकारीको इजलाशले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले गत असोज १९…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोलबजार नपा–७ का २२ वर्षीय जुमन खानविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा चैत १० गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा कारवाहीका लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल…