प्रहरीसँगको झडपमा दुई जना विद्यार्थी घाइते

लालबन्दी नगरपालिका–९ स्थित राजमार्ग रोडमा ट्रककको ठक्करबाट विद्यार्थीको मृत्यु भए पश्चात स्थानीय र विद्यार्थीद्वारा रिङ्गरोडमा गरिएको प्रदर्शनका क्रममा झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । पुस ५ गते पूर्व–पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–९, बस्तिपुरमा ना.३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१ रतनपुरको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९…

December 24, 2021  
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ । जनवरीदेखि डिसेम्वर १९ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।…

December 21, 2021  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ । उजुरी आएपछि बलात्कार घटनाको अनुसन्धान थालिएको र आरोपित दुई जनालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले जानकारी दिनु भयो । इन्सेक प्रतिनिधिलाई पीडितले…

December 8, 2021  
कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते

बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन् । प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्रप्रसाद सिंहका पिएसओ बलरा नगरपालिका–४ निवासी ३२ वर्षीय रामचन्द्र खडका र बलरा नगरपालिका–९ निवासी कांग्रेस कार्यकर्ता ३७ वर्षीय रामचन्द्र महतो…

November 30, 2021  
कांग्रेस अधिवेशनको क्रममा निर्वाचन अधिकृतमाथि कुटपिट

मलङ्गवा नगरपालिका–८, सर्लाहीस्थित नेपाली कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने विषयमा पार्टीका कार्यकर्ताबिच भएको झडपमा अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । वडा अधिवेशनका लागि गरिएको छलफलका क्रममा मङ्सिर २ गते पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र…

November 19, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

२९ वर्षीया महिलालाई कात्तिक १० गते हरिवन नपा–९ का सुकदेव कार्की र अन्य नाम थाहा नभएका व्यक्तिहरूले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय हरिवनमा लिखित उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ । पीडित महिलालाई आरोपितले कात्तिक ३ गते…

October 29, 2021  
कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

ईश्वरपुर नपा–१२ को नेपाल राष्ट्रिय जनता माधयमिक विद्यालयका शिक्षक ३२ वर्षीय जीवन शङ्कर साहलाई असोज २४ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय नागेन्द्र पाख्रिनले कुटपिट गरेको आरोपमा पीडितले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा लिखित उजुरी दिनु भएको छ । दशैँको अवसरमा असोज २४ गते ईश्वरपुर नपा–१२…

October 23, 2021  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका–३, भेलहीका वडा सदस्य ३५ वर्षीय नरेश भन्ने राम नरेश कुमार साहले कात्तिक १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ३ गते उजुरी दिएकी छन् । घटना लगत्तै आरोपित ‘फरार’ रहेकाले छिटो भन्दा छिटो गिरफ्तार गरी कारवाही पक्रिया अगाडि बढाउने जिल्ला…

October 21, 2021  
सर्वोच्चको आदेशपछि प्रहरीद्वारा पौडेल हत्याको उजुरी दर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका–२ का ४७ वर्षीय कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका–१ स्थित लखनदेही नजिकैको जङ्गलमा प्रहरीसँग भएको ‘मुठभेड’मा मृत्य भएको विषयमा मृतककी आमा दुर्गादेवी पौडेलले दिएको उजुरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि असोज २० गते जिल्ला…

October 7, 2021  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र ३१ वर्षीय रामएकवाल राय यादवविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित पक्षले दिएको उजुरी दर्ता गरी ‘फरार’ रहेका दुई जना आरोपितहरूको खोजी कार्य थालिएको जिल्ला…

October 5, 2021