निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन
स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ । हरेक स्थानीय तहमा पुगेर अनुगमन गरी आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण कार्य भइरहेको केन्द्रीय अनुगमन टोलीका उद्धव पुडासैनीले बताए । भदौ २९ गते लालबन्दी, हरिपुर, कविलासी, मलङ्गवा नगरपालिकासहित ब्रम्हपुरी गाउँपालिका…
काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट
नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ । हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते राति ८ बजेतिर विआर ०१ पिएफ ६९८७ को स्कर्पियो जीपमा बम विष्फोट गराएको हो । मेयरका उम्मेदवार राजभण्डारी र उपमेयरकी…
नियमन् निकाय सक्रिय नहुँदा आचारसंहिता उल्लङ्घन
स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको लपारबाहीले गर्दा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् । कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता लागू भएपछि नियमन् निकाय सक्रिय नहुँदा सरकार र उम्मेदवारले व्यपक रूपमा अचारसंहिता उल्लङ्घन गरेको बताएका…
अविरल वर्षाले तीन जनाको मृत्यु, राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण सर्लाहीमा तीन जनाको मृत्यु हुनुका साथै एक जना बेपता भएका छन् । सर्लाहीमा बाग्मती खोलाले बगेर हरिवन नगरपालिका-८ स्कुल टोलका ८५ वर्षीय हरिबहादुर सुवेदीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार साँझ कर्मैयास्थित बागमती पुल नजिकै मृत फेला परेका सुवेदीको आज बिहान सनाखत भएको हो । यस…
बलात्कार घटनाका अरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई असार १५ गते बलात्कार गरेको अरोपमा प्रहरीले लालबन्दी नगरपालिका-१० पत्थरकोटका २५ वर्षीय ज्ञानबाहादुर रुम्बालाई साउन ३ गते गिरफ्तार गरेको छ । घटना असार १५ गतेको भएपनि पीडित पक्षले ढिलो गरी जानकारी गराएपछि प्रहरीले आरोपित रुम्बालाई पत्थरकोटबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । पीडित पक्षले…
कथित बोक्सी आरोपमा महिलालाई दुर्व्यवहार
बागमती नगरपालिका-३ धरहराकी ३६ वर्षीया सुनिता मोक्तानलाई छिमेकी दुई जना महिलाले कथित बोक्सीको आरोप लगाउँदै कुटपीट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित महिलालाई साउन ३ गते कुटपिटबाट गम्भीर घाइते भएकी मोक्तानलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुर 'रिफर' गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । कुटपिटमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले मानव अधिकार रक्षाका लागि पीडित केन्द्रित भएर अधिकारकर्मी सक्रिय हुनु पर्ने बताएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलले मानव अधिकार उल्लङ्घनको घटना मात्रै खाज्नु भन्दा मुख्य समस्या पत्ता लगाएर…
स्वच्छ निर्वाचनका लागि इमन्दारिता आवश्यकः सरोकारवाला
स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित 'मानव अधिकार र निर्वाचन' विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारले संयमता अपनाउनु पर्नेमा वक्ताहरूले जोड दिएका छन् । अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन गराउन…
सर्लाहीमा उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाको अवरोध
सर्लाहीको विष्णुपुर-५ मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सभा स्थलमा जान राजपाका कार्यकर्ताले अवरोध गर्नुका साथै कालो झण्डा देखाउँदै विरोध जनाएका छन् । जेठ २८ गते मधुवन गोठ बजारमा सङ्घीय समाजवादी फोरमले आयोजना गरेको कार्यकर्ता पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष…
सर्लाहीबाट सात वर्षीय बलाक अपहरित
सर्लाहीको बरहथवा गाउँपालिका-६ निवासी चौपाया ब्यपारी पुकार यादवको सात वर्षीय छोरा राकेश यादवलाई भारतीय नम्बर प्लेटको मोटर साइकल चढेर आएका दुई जनाले अपहरण गरी बेपत्ता बनाएका छन् । जेठ १५ गते सोमबार साँझ घर अगाडि खेलिरहेका बालकलाई अपहरण गरी बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए ।…