संविधान दिवस: कतै राष्ट्रिय दिवस, कतै कालो दिवस

संविधान जारी भएको असोज ३ गतेलाई नेपाल कम्युनिष्ट पार्टी सप्तरीले राष्ट्रिय दिवसको रूपमा हर्षोल्लासका साथ मनाएको छ भने राजपा नेपालले ‘कालो दिवस’को रूपमा मनाएको छ । सुरक्षा निकाय र विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थितिमा सिडिओ बङ्गलामा बिहान कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइयो । सोही बेलामा राजपाका कार्यकर्ताहरूले स्थानीय तहलगायत विभिन्न…

September 20, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका २५ वर्षीय इन्दल खंगले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज ३ गते उजुरी दिएको छ । पीडितका बुवाले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा बलात्कार घटनाको उजुरी दिएको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा असोज ३…

September 20, 2018  
यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्ष कैद

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा अग्नीसाइर कृष्णासबरन गाउँपालिका–३ का २५ वर्षीय श्यामसुन्दर खङ्ग खत्वेलाई जिल्ला अदालतले असोज १ गते चार वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले आरोपितलाई चार वर्ष कैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार बर्देवाले बताए । जिल्ला अदालतको आदेशमा आरोपित ०७४…

September 19, 2018  
उपप्रधानमन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष (उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री) उपेन्द्र यादवलाई कालो झण्डा देखाउन खोज्ने स्वतन्त्र मधेस गठबन्धनका जिल्ला संयोजक राजविराज नपा–७ का ४५ वर्षीय सुरेन्द्रप्रसाद शर्मासहित ६ जनालाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका यादवलाई विभिन्न स्थानमा…

September 19, 2018  
बलात्कार कसुरमा तीन महिना कैदको फैसला  

दुई वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १२ वर्षीय बालकलाई जिल्ला अदालतले असोज २ गते तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गरेको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले आरोपित बालकलाई तीन महिनाको कैद सजाय गरी कैद स्थगनको फैसला गर्नुका साथै पीडितलाई आरोपितबाट ७ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको…

September 19, 2018  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा महदेवा गाउँपालिका–२ का २३ वर्षीय सोहन भनिने रोशनकुमार मण्डल र नामथर नखुलेक उनका सहयोगीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ३१ गते उजुरी दर्ता गरेको छ । पीडितका बुवाले दिएको उजुरीका आधारमा आरोपितविरुद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको…

September 17, 2018  
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा अग्नीसाइर कृष्णसवरन गाउँपालिका–१ का २५ वर्षीय मो. सतारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरिएको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध अपहरण तथा शरीर बन्धकको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र…

September 17, 2018  
बलात्कार गरेको ठहरमा ५ वर्ष ६ महिना कैदको फैसला

बोल्न नसक्ने १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ वर्षीय बालकलाई भदौ ३१ गते ५ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले आरोपितको उमेर १९ वर्ष भनी अभियोजन दर्ता गरेपनि आरोपितको उमेर १६ वर्ष ननाघेको चिकित्सकको प्रतिवेदनका आधारमा आधा…

September 17, 2018  
महामारी क्षेत्र घोषणा गदै विद्यालय बन्द भएपछि १२ हजार विद्यार्थीको पढाई अवरुद्ध

स्वाइन फ्लु र हङकङ फ्लुको बिरामी फेला परेपछि सप्तरीको कञ्चनरुप नगरपालिकालाई महामारीग्रस्त क्षेत्र घोषणा गर्दै भदौ ३१ गतेदेखि असोज २ गतेसम्मका लागि विद्यालय बन्द गरिएपछि १२ हजार विद्यार्थीको पढाइ अवरुद्ध भएको छ । विद्यालय बन्दले ३० सामुदायिक र २४ नीजि तथा संस्थागत विद्यालयका १२ हजार भन्दा बढी विद्यार्थीको पढाई अवरुद्ध…

September 17, 2018  
यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भदौ २६ गते तिरहुत गाउँपालिका–२ का १८ वर्षीय रामचन्द्र मुखियालाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको आदेशमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । बलात्कारको आरोपमा…

September 12, 2018