अधिकारकर्मीको टोलीद्वारा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताको अवस्थाबारे अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४ गते भेटघाट गरी अनुगमन गरेको छ । अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका जिल्ला नेताहरूको मानव अधिकारको अवस्थाबारे टोलीले जानकारी लिएको छ । अनुगमन…

January 11, 2022  
बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका ३१ वर्षीय बुबाविरुद्धको उजुरी पुस २३ गते मुल्तबीमा राख्ने जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीश इश्वरमणि ओझाको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २ गते बलात्कार…

January 10, 2022  
शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेकका…

January 8, 2022  
शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विष्णपुपुर गाउँपालिकास्थित जनता मावि इटहरी विष्णुपुरमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले शिक्षा र सचेतनाको…

January 6, 2022  
गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्लिंकर बोकेको ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।…

January 2, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते राजविराजमा सम्पन्न गरिएको छ । सप्तरीमा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु…

January 2, 2022  
बलात्कार घटनाको झुठो उजुरी दिएको कसुरमा सात दिन कैद !

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठो उजुरी दिएको कसुरमा उनकी आमालाई सप्तरी जिल्ला अदालतले पुस १४ गते सात दिन कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उजुरी विपरित बयान दिइ ‘होस्टाइल’ भएकी उजुरीकर्तालाई यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । बालिकालाई छिन्नमस्ता…

December 31, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ र १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरी प्रहरीले शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पुस ९ गते गिरफ्तार गरेको छ । आरोपितहरू विरूद्ध पीडितहरूका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७८ भदौ ९ गते संयुक्त उजुरी…

December 27, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पुस ९ गते गिरफ्तार गरेको छ । कञ्चनरूप नगरपालिका–११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई पुस ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जनाएको छ । पीडित पक्षले…

December 25, 2021  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ५५ वर्षीय ससुरालाई प्रहरीले पुस ६ गते घरैबाट गिरफ्तार गरेको छ । पीडितलाई गत असार ३० गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै साउन २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा बलात्कार प्रयासको उजुरी दिएकी थिइन् । प्रहरीले तत्काल उजुरी दर्ता नगरेपछि पीडितले सासू, ससुरा,…

December 23, 2021