स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको छ । विष्णुपुर गाउँपालिका–६ स्थित रूद्रनारायण माध्यमिक विद्यालय गोरगामा रञ्जितपुरमा मधेश प्रदेश जनकपुरधाम, धनुषाको आयोजनामा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका…

March 12, 2022  
विविध कार्यक्रम गरी सप्तरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

इन्सेकलगायत महिला अधिकारको पक्षमा वकालत गर्दै आएका विभिन्न सङ्घसंस्थाले “सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चतता” नाराका साथ फागुन २४ गते राजविराजमा र्‍याली तथा विचार आदानप्रदान कार्यक्रम गरेका छन् । इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल, परिकल्पना नेपाल, कोक्याप, सामुदायिक सेवा केन्द्र, राजविराज जेसीजलगायत सङ्घसंस्थाले जुलुस, गोष्ठी र अन्तक्रिया…

March 9, 2022  
सप्तरीमा सप्तकोशी नगरपालिका कार्यालय तोडफोड, वडा अध्यक्ष घाइते

सप्तकोशी नगरपालिका कार्यालयमा फागुन ८ गते भएको प्रदर्शनमा कार्यालय तोडफोड भएको छ भने वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् । ढुङ्गामुढाबाट वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी, वडा नम्बर २ का सदस्य जाहिर हुसेन, वडा नम्बर ९ का स्थानीय किसान यादव घाइते हुनु भएको छ । नगर…

February 21, 2022  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

कथित बोक्सी घटनाको आरोपमा फरार रहेका राजगढ गाउँपालिका–२ का २५ वर्षीय रामबिलास यादवलाई सप्तरी प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । खोजतलासको क्रममा ११ वर्षदेखि ‘फरार’ रहेका आरोपित यादवलाई उनकै गाउँघरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेले बताउनु भयो । एसपी काफ्लेका अनुसार गिरफ्तार आरोपित यादवलाई फागुन…

February 15, 2022  
पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की

पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिनु भएको छ । मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख…

February 15, 2022  
हानिकारक परम्परागत अभ्याससम्बन्धी अन्तरक्रिया सम्पन्न

राष्ट्रिय महिला आयोगको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजनमा राजविराजमा माघ २६ गते ‘समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यास’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अध्यक्ष राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सबैको मन मष्तिष्कमा हिंसा नगर्ने, नगराउने सोच र कसैले गरेमा प्रतिवाद गर्ने र पीडितको…

February 11, 2022  
आगोले जलाएर हत्या गरिएको घटनाको महिला आयोगद्वारा अनुगमन

राष्ट्रिय महिला आयोगको टोलीले बोदे बसाईन नगरपालिका–१ धनगढीमा आगोले जलाएर महिलाको हत्या गरिएको घटनाको माघ २४ गते अनुगमन गरेको छ । आयोगकी अध्यक्ष कमला पराजुली र सदस्य जया घिमिरेसहितको टोलीले घटनाको विषयमा पीडितको घर पुगी मृतकका पति, छोराछोरीलगायत परिवारका सदस्यहरू, गाउँले छिमेकी, वडा अध्यक्ष धिरेन्द्रकुमार यादव र एसपी अविनारायण काफ्लेसँग…

February 9, 2022  
आगोले जलाएर भाउजुको हत्या

बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिनुभएको छ । शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको भन्दै मृतकका बुबा बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी…

February 8, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ । पीडितका बुबाले दिएको उजुरी र पीडितको प्रारम्भिक वयानपछि उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनु भयो । जुम्ल्याहा दिदीबहिनी…

January 20, 2022  
खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख…

January 12, 2022