आगोले जलाएर भाउजुको हत्या
बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या २१ वर्षीय देवर परमेश्वर साहले गरेको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिनुभएको छ । शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेको भन्दै मृतकका बुबा बद्री साहले परमेश्वरविरुद्ध किटानी उजुरी…
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१६ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध सप्तरी प्रहरीले माघ ६ गते बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरेको छ । पीडितका बुबाले दिएको उजुरी र पीडितको प्रारम्भिक वयानपछि उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनु भयो । जुम्ल्याहा दिदीबहिनी…
खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख…
अधिकारकर्मीको टोलीद्वारा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताको अवस्थाबारे अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि सम्मिलित टोलीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा रहेका जनमत पार्टीका कार्यकर्ताहरूसँग पुस २४ गते भेटघाट गरी अनुगमन गरेको छ । अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका जनमत पार्टीका जिल्ला नेताहरूको मानव अधिकारको अवस्थाबारे टोलीले जानकारी लिएको छ । अनुगमन…
बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ‘फरार’ रहेका ३१ वर्षीय बुबाविरुद्धको उजुरी पुस २३ गते मुल्तबीमा राख्ने जिल्ला अदालतले फैसला गरेको छ । न्यायाधीश इश्वरमणि ओझाको इजलाशले मुद्दाको अन्तिम आदेश गर्दै मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २ गते बलात्कार…
शिक्षाको अधिकारसम्बधी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेकका…
शिक्षाको अधिकारबारे अन्तक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा विष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूहको सहकार्यमा विष्णुपुर गाउँपालिकामा पुस २१ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विष्णपुपुर गाउँपालिकास्थित जनता मावि इटहरी विष्णुपुरमा आयोजित कार्यक्रममा सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवले शिक्षा र सचेतनाको…
गुडिरहेको सवारी साधनमा जनमत पार्टीका कार्यकर्ताद्वारा आगजनी र तोडफोड
सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा प्रदर्शनकारीहरुले पुस १६ गते अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ स्थित महुली पुलमा ना.६ ख ७६२९ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका छन् । प्रहरीले आगो नियन्त्रणमा लिएपनि क्लिंकर बोकेको ट्रकको अगाडिको भाग जलेर क्षति पुगेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते राजविराजमा सम्पन्न गरिएको छ । सप्तरीमा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु…
बलात्कार घटनाको झुठो उजुरी दिएको कसुरमा सात दिन कैद !
१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै झुठो उजुरी दिएको कसुरमा उनकी आमालाई सप्तरी जिल्ला अदालतले पुस १४ गते सात दिन कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उजुरी विपरित बयान दिइ ‘होस्टाइल’ भएकी उजुरीकर्तालाई यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार कुमार मास्केले बताउनु भयो । बालिकालाई छिन्नमस्ता…