बलात्कार घटनाको कसुरमा १८ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय जिवनकुमार यादव भनिने रामजिवन यादवलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले ०७९ असोज २८ गते १८ वर्ष कैद सजाय, ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने र २ हजार २ सय…
सशस्त्र असईको हत्यामा सशस्त्र प्रहरी गिरफ्तार
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई सिरहा भगवानपुर गाउँपालिका–२ नरहाका ४५ वर्षीय सत्यनारायण यादवको हत्या आरोपमा सोही पोष्टमा कार्यरत सशस्त्र प्रहरी जवान खिजिदेम्वा गाउँपालिका–२ का ३९ वर्षीय होमबहादुर खत्रीलाई असोज २६ गते गिरफ्तार गरिएको छ ।…
हिंसाले बढ्दो आत्महत्या !
डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया सङ्गीता मण्डलको लागि न्यायको पहल भएको भए शायद सङ्गीताले आत्महत्याको बाटो रोज्दिन थिइन् । सामूहिक बलात्कारपछि कारवाही गर्न गाउँका पञ्चहरूले नरोकेको भए वा पीडितको अस्मिताको ‘मुल्य’ तोक्दै दुर्व्यवहार र अपमान नगरेको भए सङ्गीताको मनमा आत्महत्याको ख्याल आउँदैन थियो । उनकी आमा रधियादेवीको तर्कना हो यो…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बिष्णुपुर गाउँपालिका–५ कट्टीका ३५ वर्षीय रहमुल मन्सुरीलाई असोज ५ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले मन्सुरीलाई १२ वर्ष कैद र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनु…
यौन दुर्व्यवहार घटनाको कसुरमा एक महिना कैद
३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अदालतले डाक्नेश्वरी नगरपालिका–२ भुतहीका ३५ वर्षीय अकलेश यादवलाई असोज ५ गते एक महिना कैद र १ हजार रुपियाँ जरिबानाका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश नविनकुमार जोशीको इजलासले यस्तो फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनु…
बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय सुशीलकुमार यादवलाई भदौ ३० गते १० वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश लालकाजी श्रेष्ठको इजलासबाट बलात्कार कसुरमा यादवलाई १० वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ फौजदारी कसुर पीडित राहत…
बुहारीको हत्या प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजाय
राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाई हत्या प्रयास गरेको कसुरमा जिल्ला अदालको आदेशले उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा सुतिहारलाई भदौ ३० गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबानाका साथै ५० हजार रुपियाँ औषधोपचार…
यौन दुर्व्यवहार घटनाको कसुरमा १८ दिन कैद
१६ वर्षीया दुई बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १६ वर्षीय एक बालकलाई भदौ २७ गते १८ दिनको कैद सजायको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई १८ दिनको कैद सजाय गर्नुका साथै ५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको हो । यस्तै आरोपितबाट ५ सय रुपियाँ…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित सुनसरीको दुहबी नगरपालिका–९ का २१ वर्षीय गुड्डु भनिने सज्जाद मियाँविरुद्धको मुद्दा जिल्ला अदालतले भदौ २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो । पीडित महिलालाई आरोपितले ०७६ फागुन ११ गते कञ्चनरुप नगरपालिका–६…
सिटामोल र जीवनजल अभावका कारण सर्वसाधारण मर्कामा
तिलाठी कोइलाडी गाउँपालिकाको सबै स्वास्थ्य संस्थाहरूमा सिटामोल र जीवनजल जस्ता अति आवश्यक औषधिको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । गाउँपालिकाको एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि सर्वसाधारण मर्कामा परेका हुन् । स्वास्थ्य चौकीहरूमा सामान्य सिटामोल र जीवनजलसमेत नहुँदा बिरामीहरू खाली…