मानव अधिकार मैत्री कार्यक्रमका लागि ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहले मानव अधिकार मैत्री समाज निर्माणका लागि डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख रामलखन मलाहालाई ०८१ साउन ४ गते अवधारणा-पत्र बुझाएको छ । स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले…
ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद
६५ वर्षीय ज्येष्ठ नागरिक पुरुषलाई हत्या गरेको कसुरमा कञ्चनरूप नगरपालिका-१० बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई ०८१ असार ३० गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै १० वर्ष कैदका साथै फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रूपियाँ…
बालिका बलात्कार घटनाको कसुरमा १८ वर्ष कैद
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-२ मैनाकडेरीका २८ वर्षीय मो. खुर्सिद भनिने कुर्सिद मियाँलाई ०८१ असार ३० गते १८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले १८औं पेशीमा आरोपितलाई कसुरदार ठहर गर्दै १८ वर्ष कैदका साथै ५० हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति तिर्नुपर्ने र…
ज्येष्ठ नागरिक हत्या कसुरमा जन्मकैद
डाक्नेश्वरी नगरपालिका-९ सखुवाका ६० वर्षीय सुखदेव मण्डललाई हत्या गरेको कसुरमा उनका छिमेकीहरू ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुर्कन भनिने देवेन्द्र महतो, ४० वर्षीय उमेश महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी प्रसाद यादवलाई ०८१ असार २८ गते जन्मकैदको सजाय भएको छ । अन्य आरोपितहरू सोही…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका २३ वर्षीय विकास कुमार यादवलाई प्रहरीले ०८१ असार २७ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतबाट असार २४ गते पक्राउ पुर्जी जारी भएपछि खोजतलासका क्रममा गाउँघरबाटै आरोपित विकास गिरफ्तार भएको सप्तरी प्रहरीले जनाएको छ । बालिकालाई २०८१ जेठ १४ गते तिलाठी…
ज्येष्ठ नागरिक हत्या कसुरमा १० वर्ष कैद
सुरुङ्गा नगरपालिका-७ चकदहकी ७६ वर्षीया रेश्मीदेबी रामको हत्या कसुरमा सोही ठाउँका २५ वर्षीय प्रमोदकुमार रामलाई ०८१ असार २८ गते १० वर्ष कैद र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैदका साथै पीडितका हकवालालाई क्षतिपूर्ति भर्नुपर्ने फैसला गरेको अदालतले…
बलात्कार घटनाका आराेपितविरुद्ध उजुरी दर्ता
पाँच र ६ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका-५ लोहजराका ४५ वर्षीय गुरुदेब भनिने गुरुदयाल मण्डल विरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०८१ असार २४ गते उजुरी दर्ता गरेको छ । बालिकाहरूलाई प्रलोभन दिई घर लगेर २०८१ असार २३ गते बलात्कार गरेको भन्दै पीडितहरूकी आमाहरूले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार २४…
ज्येष्ठ नागरिक हत्या कसुरमा कैद
बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीका ६२ वर्षीय बुद्धिलाल साहको हत्या आरोपमा सोही ठाउँका रामसेवक साहलाई ०८१ असार २४ गते ६ महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपितलाई ६ महिना कैदका साथै ५ हजार रुपियाँ जरिवाना तिराउने फैसला भएको अदालतले जनाएको छ । फैसलामा आरोपितले मृतकककी…
मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा बैठक
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा सम्पन्न कार्यको समीक्षा तथा आगामी कार्ययोजना र रणनीतिक सम्बन्धमा ०८१ असार २४ गते बैठक बसेको छ । शम्भुनाथ नगरपालिकास्थित वडा नम्बर १२ को सभाकक्षमा सम्पन्न बैठकले शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहबाट शिक्षा, स्वास्थ्य,…
आत्महत्या दुरुत्साहन घटना कसुरमा कैद र जरिवाना
सुरुङ्गा नगरपालिका-५ कुशहा टोलका २८ वर्षीय आनन्द पासवान र उनकी प्रेमिका ३५ वर्षीया गीतादेवी पासवानलाई आत्महत्या दुरुत्साहन कसुरमा ०८१ असार २१ गते कैद सजाय र जरिवाना भएको छ । जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासबाट आरोपित आनन्द र गीतादेवीलाई जनही एक वर्ष तीन महिना कैद र १० हजार रुपियाँ जरिवाना गर्ने…