गर्भपतन गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला
महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई चैत २३ गते १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश इश्वरमणी ओझाको इजलासले बरैलाई यस्तो फैसला सुनाएको हो भने अन्य आरोपितहरूले…
जातीय छुवाछुत गरेको कसुरमा कैद र जरिबानाको फैसला
बोदे बर्साइन नगरपालिका–८ काचनका ४२ वर्षीय लिलाधर दास तत्मा र ३५ वर्षीया पत्नी दुखनीदेवी दास तत्मालाई जातीय छुवाछुत गरेको कसुरमा सप्तरी जिल्ला अदालतले सोही ठाउँका पाँच जनालाई चैत २१ गते कैद र जरिबानाको सजाय गरेको छ । न्यायाधीश प्रमेश पोखरेलको इजलासले बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३०…
यौन दुर्व्यवहारको मुद्दा मुल्तबीमा राख्ने फैसला
१२ वर्षीया बालिकालाई छिन्नमस्ता गाउँपालिका–२ कुपही रम्पुराका १८ वर्षीय इन्दल खंगले यौन दुर्व्यवहार गरेको मुद्दा सप्तरी जिल्ला अदालतले चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७६ भदौ २९ गते दायर भएको सो मुद्दा न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो । पीडित बालिकालाई आरोपितले…
बलात्कारको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई खडक नगरपालिका–३ बस्ने १९ वर्षीय जावेद भनिने मो. साबिरले बलात्कार गरेको भनी परेको मुद्दा सप्तरी जिल्ला अदालतले २०७८ चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा २०७६ साउन १३ गते दायर भएको सो मुद्दा न्यायाधीश इश्वरमणी ओझाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो ।…
सामाजिक सञ्जालको असरबारे अभिमुखिकरण
राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालय राजविराजमा चैत १५ गते अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार निगरानी समूहको सहकार्य र पब्लिक बिन्देश्वरी माविको समन्वयमा “सामाजिक सञ्जालले विद्यार्थीमा पारेको असर र जोगिने उपाय”का बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो…
यौन दुर्व्यवहार आरोपितलाई कैद र जरिबाना
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–३ का २९ वर्षीय ईनुस भनिने युनस मियाँलाई अदालतले चैत ९ गते २५ दिन कैद र १ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आरोपितलाई फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ । पीडित बालिकालाई आरोपितले ०७८…
वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार चैत १ गते सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा फरार रहेका सप्तकोशी नगरपालिका–९ कमलपुरका ५३ वर्षीय बेचन भनिने जगदिश यादवलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । अभियुक्त यादव समेतले ०६८ जेठ ७ गते राति बलात्कार गरेको भन्दै परेको उजुरीमा सप्तरी जिल्ला अदालतले ०६८ चैत १ गते ६ वर्ष कैद सजाय ठहर…
लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार फागुन २७ गते जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरमा लागु पदार्थ सेवन र बालविवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विष्णुपुर गाउँपालिकामा फागुन २६ गते स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया गरेको छ । विष्णुपुर गाउँपालिका–६ स्थित रूद्रनारायण माध्यमिक विद्यालय गोरगामा रञ्जितपुरमा मधेश प्रदेश जनकपुरधाम, धनुषाको आयोजनामा सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका…