बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा भारदह गाविस-५ का २१ वर्षीय दिपककुमार मलाहालाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित युवतीले असोज २९ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य…
दश रुपियाँ चोरेको आरोपमा बालकलाई दुर्व्यवहार
शम्भुनाथ नपा-१ का नौ वर्षीय बलराम यादवलाई दश रुपियाँ चोरेको आरोपमा शम्भुनाथ नपा-१ स्थित पसले २१ वर्षीय राधेश्याम साह र उनकी आमा ५० वर्षीया सुकुमारीदेवी साहले कात्तिक २ गते बाँधेर कुटपिट गरी दुर्व्यवहार गरेका छन् । शम्भुनाथ नपा-१ स्थित निमावि खोक्सर प्रवाहामा कक्षा ३ मा अध्ययनरत पीडितले कुरमुरे किन्न गएका…
सामाजिक सुरक्षा भत्ता नपाउँदा दसैँ खल्लो
दसैँ अगावै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण नहुँदा राजविराज नगरपालिकाका १ हजार ७ सय २२ जना ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित बालबालिका चाडबाड मनाउनबाट विमुख बनेका छन् । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि ०७२ अनुरुप नगरपालिकाको खातामा भत्ताको अख्तियारिसहित १ करोड १० लाख ९७ हजार…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३० वर्षीय एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नकटी रायपुर गाविस-८ का ३१ वर्षीय नजिर भनिने मोहम्मद नसिर मियाँलाई कार्तिक १ गते गिरफ्तार गरेको छ । पीडित महिलाको उजुरीका आधारमा असोज ३० गते जबरजस्ती करणी उद्योग मुद्दा दर्ता गरी आरोपितलाई कार्तिक १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले हरीहरपुर गाविस-१ का २२ वर्षीय रामनाथ चौधरी र १७ वर्षीय एक बालकलाई कार्तिक १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूसहित पाँच जनाको समूहले असोज २५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…
नाम र ठेगाना नखुलेकी एक युवती मृत अवस्थामा फेला
हत्या गरिएको अवस्थामा करिब २० वर्षीया महिलाको लाश बोरिया गाविस-१ स्थित कोशी दक्षिण नहर पश्चिम घोडदह खोलादेखि पूर्वको चौरमा असोज २२ गते फेला परेको छ । पीडित महिलाको अनुहारमा ठूलो ढुङ्गाले प्रहार गरी हत्या गरिएको अवस्थामा लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमप्रसाद ढकालले बताए । ढकालका अनुसार पीडित…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितकी छोरी १२ वर्षीय मिनुकुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ…
बहुविवाहका आरोपितहरू गिरफ्तार
कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया र कान्छी पत्नी २२ वर्षीया रिन्कु मुखियालाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । आरोपित शम्भुले भारत विहारको सुपौल मैन्ही गाउँकी रिन्कुसँग ०७३ भदौ २९ गते दोस्रो विवाह गरी…
बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा
बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले सहितको टोलीले असोज ११ गते प्रभावित गाउँहरूमा पुगी शिक्षा, स्वास्थ्य, शौचालय,…
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार
पटेर्वा गाविस–८ की ३० वर्षीया सबितरदेवी रामको उजुरीका आधारमा उनका ३३ वर्षीय पति किसुनदेव राम र कान्छी पत्नी २१ वर्षीया चन्दा रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूले ०७३ साउन ११ गते दोस्रो विवाह गरी घर भित्र्याएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३…