विवादपछि मतगणना स्थगित
हनुमाननगर कङ्कालिनी नपाको मतगणना असोज ५ गते साँझबाट रोकिएको छ । वडा नम्बर ५ मा खसेको मतसङ्ख्या भन्दा घटेको र वडा नम्बर ६ मा केही मत बढेको भन्दै सङ्घीय समाजवादी फोरम नेपाललगायतका दलले मतगणना प्रक्रिया बहिष्कार गरेपछि गणना रोकिएको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले बताए । फोरम नेपालका तर्फाट मतगणना प्रतिनिधि…
उम्मेदवराको मृत्यु भएपछि स्थगित गरिएको मतदान शान्तिपूर्ण रूपमा जारी
प्रदेश नम्बर दुईको १ सय ३६ स्थानीय तहमध्ये स्थगित रहेको एक मात्र राजविराज नगरपालिका वडा नम्बर १५ को निर्वाचन असोज ५ गते बिहानबाट सुरू भएको छ । मध्यान्हसम्म शान्तपूर्ण रूपमा जारी रहेको छ । राजपाका तर्फाट वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते मृत्यु भएपछि स्थगित रहेको सो वडाको…
निर्वाचन कार्यालयद्वारा ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको जानकारी
प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि असोज १ गतेसम्म ६० प्रतिशत मतदाताले परिचय पत्र लगेको निर्वाचन कार्यालयले जनाएको छ । भदौ ३० गतेदेखि सुरू गरिएको परिचय पत्र वितरणको अन्तिम दिन असोज १ गते अन्य दिनभन्दा बढी मतदाताहरूको भीड लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ…
मतदान स्थलको निर्वाचन प्रचार समग्री हटेन
तिलाठी कोईलाडी गापा-६ को मतदान स्थल श्री राधाकृष्ण मन्दिर प्राङ्गण, बभनगामा कट्टीको पूर्व-उत्तरतर्फटाँगिएका चुनावी प्रचार सामग्री असोज १ गते साँझसम्म हटाइएको छैन । भदौ ३० गते मध्य रातिदेखि मौन अवधि सुरू भएको भन्दै सदरमुकाम राजविराजलगायत राजमार्गस्थित मुख्य चोकहरूको सार्वजनिक स्थलबाट तुल, व्यानर, झण्डालगायतका चुनावी प्रचार सामाग्री हटाइए पनि सो मतदान…
राजविराज नपा-१५ को निर्वाचन स्थगित र नयाँ कार्यक्रम प्रकाशित
वडा अध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि राजविराज नपा-१५ अन्तर्गतको मतदानलगायत अन्य निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम असोज १ गते स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको असोज १ गतेको निर्णय अनुसार सो वडाको मतदान स्थगित गरिएको सूचना कार्यालय र सम्बन्धित मतदान स्थलमा टाँस गरिएको सहायक मतदान अधिकृत किरणकुमार सिंहले जानकारी दिए…
वडा अध्यक्षका उम्मेदवारको मृत्यु
राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार यादवको रक्त क्यान्सरबाट मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको मृत्यु भने घरैमा भएको जिल्ला प्रहरी…
मोटरसाइकल र्याली र उपप्रधानमन्त्रीको चुनावी सभा राति
राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरूले भदौ ३० गते मोटरसाइकल र्याली निकालेका छन् । उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित सयौँको सङ्ख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले लाउडस्पिकर र माइकमा नारा लगाउँदै गर्दै नगर परिक्रमा गरेका थिए । काङ्ग्रेसले निकालेको मोटरसाइकल जुलुसमा सांसद रञ्जित कर्ण समेत सहभागी…
आचारसंहिता विपरीत शक्तिपिठमा चुनावी सभा
आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी सभा आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महत, सांसद रञ्जित कर्ण, जिल्ला सभापति दिनेशकुमार यादव, सचिव रामकुमार यादवलगायत उम्मेदवारहरूले मन्तव्य दिएका थिए । सहभागी…
भोज खान र इच्छाविपरीत मतदान गर्न अस्विकार गरेपछि कुटपिट गरेको आरोप
रूपनी गापा-६ तेरहौता टोलकी एकल महिला ५५ वर्षीया फुलोदेवी सदालाई सोही ठाउँ बस्ने उनका दाजु ६५ वर्षीय बासु सदाले भनेको चुनाव चिन्हमा मतदान गर्न तयार नभएको आवेगमा भदौ २८ गते राति कुटपिट गरी घाइते बनाएको पीडितको आरोप छ । राजविराजस्थित गजेन्द्र्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि पीडितको…
प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने स्थल नै डुबानमा
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान गर्ने राजविराज नपा-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, राजदेवीको मतदान स्थल निर्वाचनको दुई दिन बाँकी रहँदासम्म डुबानमा छ । दुई तहको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वव गरेका प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदाता क्रम सङ्ख्या ५७८ रहेको छ । तीन ओटा मतदान केन्द्र…