बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साहलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । गत जेठ ५ गते बिहान साहसहित हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव र ३०…
बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार
बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । सङ्खुवासभाकी ३२ वर्षीया तारा श्रेष्ठसँग आरोपितले दोस्रो विवाह गरेको भन्दै पीडितबाट दिइएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते बहुविवाह मुद्दा दर्ता गरेको छ ।…
यौन दुर्व्यवहार घटनाको आरोपित गिरफ्तार
बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा-३ का २३ वर्षीय मिथुन सदालाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । पीडितकी आमाले यौन दुर्व्यवहार गरिरहेको देखेपछि…
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा इन्सेक प्रतिनिधि
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको कात्तिक ८ गते सम्पन्न बैठकले उनलाई अध्यक्षमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । समितिको उपाध्यक्षमा महिला सुरक्षा दबाव समूहकी सचिव ललिता…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते उजुरी दिएकी थिइन् । पीडित पक्षले मौखिक उजुरी गरेको आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका-२ घर भई कञ्चनरूप नपा-१२ रूपनगर चोकमा हाकिम टेलर्स सञ्चालन गरी बसेका ३० वर्षीय मो. हाकिमलाई असोज ३० गते राति गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा तत्कालै गिरफ्तार गरी आरोपितलाई…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा-७ का ४२ वर्षीय शिवकुमार पासवानलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते दिएको उजुरी असोज २७ गते दर्ता गरी सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार…
अज्ञात समूहद्वारा सुरक्षा गार्डमाथि गोली प्रहार
सुरुङ्गा नपा-६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालामाथि अज्ञात समूहले असोज २४ गते राति गोली प्रहार गरेको छ । अज्ञात समूहले चलाएको गोली कोइरालाको कम्मर छेउमा लागेको छ । उपचारपश्चात घाइतेको अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ । कोइरालामाथि गोली प्रहार गरिनुको कारण…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राजविराज नपा-८ का ४० वर्षीय लक्ष्मण यादवलगायत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको छ । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा असोज २५ गते उपचार तथा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । घटनापछि सुरक्षित आश्रय सेवा केन्द्रमा रहेकी…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका-२ साविक लौनिया गाविस-३ का २३ वर्षीय प्रकाशकुमार मण्डललाई असोज २५ गते गिरफ्तार गरेको छ । घटनापछि फरार रहेका आरोपितलाई चार महिनापछि प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई…