मन्त्रीद्वारा आचारसंहिता उल्लङ्घन

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मन्त्री जितेन्द्रनारायण देवले कात्तिक २४ गते आचारसंहिता उल्लङ्घन गरी नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको प्रचारप्रसार गरेका छन् । निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत विष्णुपुर गाउँपालिकाको खुरहुरिया र डाँक्नेश्वरी नगरपालिकाको पत्थरगाडामा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्त्री देव र नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगतले…

२०७४ कार्तिक २४, शुक्रबार २१:४५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहारको मधुवनी राज्य धर्मपुर-५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले गुहार मागेपछि जम्मा भएका गाउँलेहरूले आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए । गाउँलेको कुटपिटबाट घाइते भएका आरोपितको उपचार सिरहाको…

२०७४ कार्तिक २४, शुक्रबार २१:३७ गते  
सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील

सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदानस्थलका सबै ४ सय ७८ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २ सय ७ मतदानस्थलको तीन सय ३१ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदानस्थलको १ सय ४७ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लामा कुनै पनि मतदान केन्द्र सामान्य…

२०७४ कार्तिक २२, बुधबार २१:२६ गते  
आचारसंहिता विपरीत विद्यालयमा चुनावी कार्यक्रम

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् । बाम गठबन्धनका उम्मेदवारहरूले राजविराज नपा-१६ पर्सा स्थित राधादेवी कैलुसिंह निमाविमा कात्तिक २० गते अगुवा कार्यकर्ता…

२०७४ कार्तिक २१, मंगलवार २०:५२ गते  
प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू

आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार…

२०७४ कार्तिक २०, सोमबार १०:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साहलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । गत जेठ ५ गते बिहान साहसहित हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव र ३०…

२०७४ कार्तिक १८, शनिबार २०:४५ गते  
बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । सङ्खुवासभाकी ३२ वर्षीया तारा श्रेष्ठसँग आरोपितले दोस्रो विवाह गरेको भन्दै पीडितबाट दिइएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते बहुविवाह मुद्दा दर्ता गरेको छ ।…

२०७४ कार्तिक १८, शनिबार २०:४१ गते  
यौन दुर्व्यवहार घटनाको आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा-३ का २३ वर्षीय मिथुन सदालाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । पीडितकी आमाले यौन दुर्व्यवहार गरिरहेको देखेपछि…

२०७४ कार्तिक ८, बुधबार २१:११ गते  
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा इन्सेक प्रतिनिधि

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको कात्तिक ८ गते सम्पन्न बैठकले उनलाई अध्यक्षमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । समितिको उपाध्यक्षमा महिला सुरक्षा दबाव समूहकी सचिव ललिता…

२०७४ कार्तिक ८, बुधबार २०:५७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राजविराज नपा-४ का २५ वर्षीय अकबर शेषलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते उजुरी दिएकी थिइन् । पीडित पक्षले मौखिक उजुरी गरेको आधारमा…

२०७४ कार्तिक १, बुधबार २१:४० गते