वार्षिक पूर्व समीक्षा तथा मानव अधिकार अवस्था विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले पुस १६ गते राजविराजमा वार्षिक पूर्व समीक्षा तथा मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रम गरेको छ । नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व सन् २०१७ मा सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै पुस्तक पूर्व समीक्षा र जिल्लाको…

२०७४ पुष १६, आईतवार २१:१८ गते  
अदालतको आदेशपछि बालिका अपहरण घटनाको उजुरी दर्ता

डाकनेश्वरी नपा-१ की १४ वर्षीया प्रियाकुमारी राउतलाई ०७४ वैशाख २६ गते डाकनेश्वरी नपा-२ का २१ वर्षीय मो. इस्माइल, सोही ठाउँका ६५ वर्षीय डाकबम भनिने ईमा मियाँ र भारत विहारको मधुबनी जिल्ला थाना ललमनिया गाउँ डुमरबैना घर भई डाकनेश्वरी नपा-२ बस्ने २५ वर्षीय लालु भनिने मनाङ मियाँले अपहरण गरेको आरोपमा जिल्ला…

२०७४ मंसिर २९, शुक्रबार २१:०८ गते  
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलीले कारागार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला वन, मालपोत र भूमिसुधार कार्यालयमा पुगी मङ्सिर २७ र २८ गते निशुल्क कानुनी सहायताको अवस्थाबारे छलफल गरेको छ । विभिन्न कार्यालयका प्रमुख, सम्बन्धित फाँटका कर्मचारी र कारागारका कैदी बन्दीसँग निशुल्क कानुनी सहायताको बारेमा जानकारी लिए…

२०७४ मंसिर २९, शुक्रबार १३:१५ गते  
आचारसंहिता विपरीत विजयी र्‍यालीमा विद्यालयका बसहरू प्रयोग

फोरम र राजपा गठबन्धनले मङ्सिर २६ गते जिल्लामा निकालेको विजयी र्‍यालीमा बालबालिकाका साथै विद्यालयका बसहरू प्रयोग गरेको छ । पार्टीको झण्डा बाँधेर राजविराज नपा-५ स्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्ड्री स्कूलका दुई ओटा बस दिनभर र्‍यालीमा प्रयोग गरिएको थियो । राजविराजस्थित गजेन्द्र चोकमा प्रतिनिधि सभामा निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष…

२०७४ मंसिर २७, बुधबार १०:०४ गते  
मतदानस्थलमा भोज, कर्मचारीको लापारबाहीले मतदानबाट वञ्चित

डाक्नेश्वरी नपा–८ को गम्हरिया प्रवाहा मतदान केन्द्र र राजविराज नपा–७ स्थित राप्रावि खैरसाल मतदान केन्द्रको १ सय मिटर दुरी भित्र मङ्सिर २१ गते बिहानैदेखि राजनीतिक दलका नेता कार्यकर्ताहरूले जेरी, पुरी, छोला, मुरहीलगायतको भोज गरेका छन् । मतदातालाई प्रभावमा पार्न भोजको व्यवस्था गरी मतदान गर्न पठाउने गरेको पर्यवेक्षणमा संलग्न पवनकुमार साहले…

२०७४ मंसिर २२, शुक्रबार १२:४१ गते  
सिके राउतको गाउँमा मतदान भएन

सप्तरीको महदेवा गाउँपालिका-२ स्थित आधारभूत विद्यालयको मतदान केन्द्रमा दिउँसो २ बजेसम्म पनि मतदान कार्य हुन सकेको छैन । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ५ सय ४५ पुरुष र ४ सय १५ महिला गरी ९ सय ६० मतदाता रहेका छन् । मतदान अधिकृत धनेश्वर साहका…

२०७४ मंसिर २१, बिहीबार १५:४९ गते  
अज्ञात समूहद्वारा उम्मेदवारमाथि छुरा प्रहार

नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट प्रदेश सभाका उम्मेदवार बोदे बर्साइन नपा-२ का ४८ वर्षीय मोहम्मद सहमुद मियाँमाथि मङ्सिर १८ गते राति नौ बजे छुरा प्रहार भएको छ । घरदैलो सकेर मोटरसाइकलबाट घर फर्कने क्रममा बलान बिहुल गाउँपालिकाको बिहुल नदी नजिक नचिनेका मानिसको समूहले छुरा प्रहार गरी भागेको पीडितले बताए ।…

२०७४ मंसिर १९, मंगलवार २०:५६ गते  
मौन अवधि सुरू हुनु अगाडि मोटरसाइकल र्‍याली !

राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा नेपाल र स्वतन्त्र उम्मेदवारले मङ्सिर १८ गते मोटरसाइकल र्‍याली निकालेका छन् । मध्य रातिदेखि मौन अवधि सुरू हुने भएपछि अन्तिम पटक शक्ति प्रदर्शन गर्दै ती पार्टीका उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित दर्जनौ संख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले लाउडस्पिकर र माइकमा नाराबाजी गर्दै नगर…

२०७४ मंसिर १८, सोमबार २१:४५ गते  
आचारसंहिता विपरीत माइकिङ् गर्दै उम्मेदवारको प्रचार

हनुमाननगर कङ्कालिनी नपामा मधेस गठबन्धनका तर्फबाट प्रदेश सभा १ (२) का उम्मेदवार नवलकिशोर साहले थालेको माइकिङ्लाई मङ्सिर १६ गते पनि जारी राखेका छन् । चुनाव चिन्ह र उम्मेदवारको पक्षमा मत माग्दै आचारसंहिता विपरीत ठूला आकारका व्यानर राखिएको सिटी रिक्सामा माइकिङ् भइरहेको छ । सिटी रिक्साले राजपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहको…

२०७४ मंसिर १६, शनिबार १९:०५ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति महेश पाण्डेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा वादविवाद हुँदा आरोपितले मङ्सिर १ गते ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी कुसुमदेवीको उपचारको क्रममा मङ्सिर १० गते मृत्यु भएको थियो ।…

२०७४ मंसिर १४, बिहीबार १६:१७ गते