सहमति पछि चारजनाको अनसन स्थगित एकजनाको जारी

मधेसी मोर्चा सप्तरी र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबिच मङ्सिर १४ गते २७ बुँदे लिखित सहमति पछि चार जनाले अनसन स्थगित गरेका छन् । अस्पतालले पुरा गर्न सक्ने अधिकांश मागहरू तत्कालै तथा केही मागहरू निश्चित अवधिभित्र पुरा गर्ने र बाँकी मागहरूका लागि स्वास्थ्य मन्त्रालयमा पहल गर्ने सहमतिपछि अनसन स्थगित…

November 30, 2016  
स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराजमा मङ्सिर १४ गते आयोजित स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाएका छन् । जिल्ला विकास समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाविस महासङ्घद्वारा संयुक्त रूपमा जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित 'स्थानीय तहसम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना' कार्यक्रमलाई मोर्चाका नेताहरूले बिथोलेका हुन्…

November 30, 2016  
महिला आयोगद्वारा सप्तरीमा अन्तरसम्वाद

समाजमा व्याप्त रहेको लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्धेश्यका साथ राष्ट्रिय महिला आयोगले मङ्सिर १३ गते राजविराजमा सरोकारवालाहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ । 'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङ्गिक हिंसारहित समाज' भन्ने मूल नाराका साथ चलिरहेको १६ दिने अभियानमा हिंसा रोकथामका लागि सबैको सहयोगको अपेक्षा गर्दै…

November 28, 2016  
पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा निन्दा र भत्सर्ना

योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा छिन्नमस्ता शक्तिपिठमा एसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा सप्तरीका पत्रकारहरूले मङ्सिर १२ गते विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रकाश खतिवडा नेतृत्वको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र एसपी दिवेश लोहनीसमक्ष भेट गरी घटनाको भत्सर्ना गरेको छ । पत्रकार…

November 28, 2016  
बम निष्कृय बनाउँदा चारजना सुरक्षाकर्मी घाइते

राजविराज नपा-१ स्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको कुकर बम निष्कृय बनाउने क्रममा श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार कर्णबहादुर विक, प्रहरीहरू बिनोद राजवंशी र राजेश तामाङ घाइते भएका छन् । कार्यालय परिसरमा मङ्सिर १२ गते राखिएको बम निष्कृय बनाएको एक घण्टा पछि सिपाही गुरुङले आगो लगाएर नष्ट…

November 27, 2016  
आमरण अनसनकारीको अवस्था बुझन आयोगको टोली सप्तरीमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूको अवस्था बुझन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले मङ्सिर १० गते अनुगमन गरेको छ । आयोगका क्षेत्रीय कार्यालय जनकपुरकी मानव अधिकार अधिकृत रेवा रेग्मीसहितको टोलीले अस्पताल परिसरमा पुगी अनसनकारीहरूको स्वास्थ्य, सुरक्षाको अवस्थाका…

November 27, 2016  
अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चारजना मङ्सिर ९ गते बिहानदेखि आमरण अनसनमा बसेका छन् । आमरण अनसनमा मधेसी मोर्चाका जिल्ला संयोजक एवम् सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष सुबी यादव,…

November 24, 2016  
अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन् । अस्पताल बालमैत्री हुनुपर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, चिकित्सकहरू उपलब्ध हुनुपर्ने, निर्मार्णाधिन प्रसुति गृह अविलम्ब पुरा हुनुपर्ने, शौचालय र धाराहरू चालु…

November 23, 2016  
बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा पुरस्कार वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालिका दौड प्रतियोगिता, निबन्ध प्रतियोगिता, नाटक प्रतियोगिताका विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको…

November 20, 2016  
बहुविवाह घटनामा कैद तोकिएका फरार अभियुक्त प्रहरी हिरासतमा

बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकीएका फरार रहेका फत्तेपुर गाविस-२ का मो. मन्सुरीलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ । फत्तेपुर प्रहरी चौकीबाट खटिएको टोलीले अदालतबाट एक महिना कैद र दुई हजार जरिबाना सजाय सुनाइएका फरार मन्सुरीलाई गिरफ्तार गरिएको जनाएको छ । जिल्ला अदालतले ०५७ जेठ ३०…

November 18, 2016