बलात्कार घटनाका आरोपित गिरफ्तार
दुई वर्षीया बालिकालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई फागुन ३ गते गिरफ्तार गरेको छ । राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचाररत पीडित बालिकाको सोही अस्पतालमा फागुन ३ गते स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडित बालिकाका अभिभावकले फागुन ४ गते…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण तथा जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । पीडित बालिकाकी आमाले माघ १४ गते दिएको उजुरी माघ २८ गते दर्ता गरी आरोपितको खोजी सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-९ का १८ वर्षीय पङ्कजकुमार मुखियालाई माघ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मुखियाविरूद्ध उजुरी दिएको थियो । प्राप्त उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-२ का ५० वर्षीय रामसुन्दर राउतलाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरेको आरोपमा उजुरी परेकाले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए । पीडितका बुवाले माघ ८ गते जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई माघ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा माघ २० गते गरिएको छ । पीडित बालिकाकी हजुरआमाले माघ २१ गते इलाका प्रहरी कार्यालयमा दिएको उजुरी सोही दिन…
घरेलु हिंसाका बीस प्रतिशत उजुरी मात्र मिलापत्र
जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा सन् २०१७ मा दर्ता भएका घरेलु हिंसाका २० प्रतिशत मुद्दाहरू मात्र मिलापत्र भएको छ । ०७३ पुस १७ देखि ०७४ पुस १६ गतेसम्म केन्द्रमा दर्ता भएका घरेलु हिंसाका २ सय ८३ ओटा उजुरीमध्ये ५५ ओटामा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
साढे ६ हजार बालबालिका विद्यालय बाहिर
सप्तरीमा झण्डै साढे ६ हजार बालबालिका अझै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ४ सय १२ सामुदायिक र १ सय ५३ संस्थागत विद्यालयमा ६३ हजार ४ सय ६९ बालक र ६७ हजार ३ सय ८२ बालिका भर्ना भएको जानकारी दिँदै जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले करिब ५…
घरपरिवारले विष सेवन गराएपछि पीडित बनेकी महिला अस्पताल भर्ना
विष्णुपुर गापा-६ की ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उनका ३५ वर्षीय पति सीताराम साह, ५८ वर्षीय ससुरा रामसुन्दर साह र ५४ वर्षीया सासू भुलीदेवी साहले विष सेवन गराई हत्या प्रयास गरेपछि बेहोसी अवस्थामा रहेकी पीडितलाई उपचारार्थ राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरिएको पीडित पक्षको आरोप छ । दोस्रो विवाह गर्ने…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा-७ स्थित आरती डेण्टल क्लिनिक सञ्चालन गरी बसेका राजविराज नपा-१ का ४५ वर्षीय हृदयनारायण झालाई प्रहरीले पुस ३० गते गिरफ्तार गरेको छ । झासँग बाङ्गोटिङ्गो भएर अगाडि निस्किएको दाँतको उपचार गराइरहेकी बालिकाको औषधि सकिएपछि औषधि लिन पुस २७ गते पसल गएकी बालिकाको…
मधेस आन्दोलनको छानविन प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन
मधेस-थरूहट आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित सङ्घर्ष समिति भारदहले हनुमाननगर कङ्कालिनी नपा-१ भारदहमा पुस २९ गते विरोध प्रदर्शन गरेको छ । भारदहको मुख्य चोकबाट निकालिएको विरोध जुलुस पोर्ताहा बजार हुँदै कङ्कालिनी मन्दिरसम्म पुगेर पुनः भारदह चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अधिवक्ता मोहन कर्णले सरकारले…