बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

१९ वर्षीया सुस्त मनस्थितीकी एक महिलालाई बलात्कार गरेको आरोपमा कृष्णासवरन गाउँपालिका–२ सितापुरका २६ वर्षीय जयनारायण पौडेललाई जिल्ला अदालतले जेठ २३ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले थुनामा रहेका आरोपितलाई पाँच वर्ष कैद सजायको फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७४ जेठ ३१…

२०७५ जेष्ठ २४, बिहीबार ०६:१० गते  
पत्नी हत्या आरोपितलाई जन्मकैदको फैसला

शम्भुनाथ नपा–३ की ४० वर्षीया कुसुमदेवी चौधरी पाण्डेको हत्या आरोपमा उनका पति ४५ वर्षीय महेश पाण्डेलाई जिल्ला अदालतले जेठ २३ गते जन्मकैद सजायको फैसला गरेको छ ।   जिल्ला अदालतको आदेशले ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई जन्मकैद सजायको फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा…

२०७५ जेष्ठ २४, बिहीबार ०६:०८ गते  
कार्यालयमा अधिकृत कुटिएपछि कार्यालय बन्द

बोदे बर्साइन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत उमेशकुमार यादवलाई बोदे बर्साइन नपा–५ का महेश यादवले जेठ २२ गते कुटपिट तथा दुर्व्यवहार गरेका छन् । विद्युतीकरणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष समेत रहेका महेश यादवले हातपात र गालीगलौज गरेको निमित्त प्रशासकीय अधिकृत यादवले बताए । कूल ५ लाख रुपियाँमा भएको विद्युतीकरणको कामका…

२०७५ जेष्ठ २४, बिहीबार ०६:०० गते  
पत्नी हत्या आरोपितलाई जन्मकैदको फैसला

शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी चौधरी पाण्डेको हत्या आरोपमा उनका पति ४५ वर्षीय महेश पाण्डेलाई जिल्ला अदालतले जेठ २३ गते जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतको आदेशले ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई जन्मकैद सजायको फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित…

२०७५ जेष्ठ २३, बुधबार २१:१७ गते  
पत्नीको हत्या कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

बोदे बरसाइन नपा-३ गौराकी ४० वर्षीया ललीतादेवी यादवको हत्या गरेको कसुरमा उनका ४२ वर्षीय पति जयप्रकाश यादवलाई जिल्ला अदालतले जेठ २१ गते सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले आरोपितलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको अदालतले जनाएको छ । उनी ०७४ मङ्सिर २५ गतेदेखि पुर्पक्षका लागि…

२०७५ जेष्ठ २३, बुधबार ०७:२५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित बालकलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरले गिरफ्तार गरी जेठ २२ गते सप्तरी प्रहरीमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडित बालिकालाई आरोपितले ०७४ फागुन २३ गते…

२०७५ जेष्ठ २३, बुधबार ०७:१९ गते  
बलात्कार आरोपित बालकलाई तीन महिना कैद र क्षतिपूर्ति भराउने फैसला

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ २२ गते तीन महिनाको कैद सजायका साथै पीडितलाई ७ हजार रुपियाँ क्षतिपूर्ति भराउने सजाय गरेको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले सो फैसला गर्नुका साथै हाललाई कैद स्थगनको फैसला समेत गरेको छ । आरोपितबाट कैद सजाय हुने अन्य…

२०७५ जेष्ठ २३, बुधबार ०७:१७ गते  
बलात्कार कसुरमा पाँच वर्षकैदको सजाय

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नपा-३ का २१ वर्षीय श्यामकान्त दासलाई अदालतले जेठ २० गते पाँच वर्षको कैद सजायको फैसला गरेको छ । न्यायाधीश लोकजङ्ग शाहको इजलासले पाँच वर्षकैद सजायको फैसला गर्नुका साथै आरोपितबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ । पीडित महिलालाई आरोपितले…

२०७५ जेष्ठ २१, सोमबार १०:२३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ ११ गते उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले जेठ ११ गते उजुरी दर्ता गरेको एसपी मुकेशकुमार सिंहले…

२०७५ जेष्ठ १५, मंगलवार ११:२९ गते  
बालविवाह घटनाका आरोपित गिरफ्तार

शम्भुनाथ नपा-१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल मियाँलाई जेठ १३ गते गिरफ्तार गरेको छ । भारतमा भगाई लगेर बालविवाह गरेको भन्दै पीडितका बुवा ४९ वर्षीय बिजली मियाँले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा वैशाख ३० गते उजुरी…

२०७५ जेष्ठ १५, मंगलवार ११:२८ गते