बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १२ गते उजुरी दिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरले असार १२ गते…
यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले सुरूङ्गा नगरपालिका–४ मधुपट्टीका ३० वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई असार १४ गते गिरफ्तार गरेको छ । गाउँघरमा लुकीछिपी बसेको अवस्थामा गिरफ्तार गरी चौधरीलाई कैद भुक्तानको लागि राजविराज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । पीडित बालिकालाई चौधरीले ०७४ साउन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ । घटनापछि 'फरार' रहेका आरोपित घर आएको सूचनाका आधारमा खोज प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । पाँच महिनापछि घर फर्केका आरोपितले पीडितलाई पुनः बलात्कार प्रयास गरेको…
यौन दुर्व्यवहार गरेको कसुरमा ११ दिन कैद सजायको फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई जिल्ला अदालतको असार ७ गतेको आदेशले ११ दिन कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अभियोग दावी पुग्ने फैसला गर्दै ११ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको हो । पीडितलाई २…
निगरानी समूहद्वारा आधारभूत अधिकारको माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारका लागि नगरपालिका समक्ष असार ५ गते माग पत्र पेश गरेको छ । समूहका पदाधिकारीले राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवलाई उहाँको कार्यकक्षमा भेटेर संविधानले प्रत्याभुत गरेको धारा ३१, ३५,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २ गते तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रङ्गिला भनिने लडुलाल मण्डललाई गिरफ्तार गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजमा ट्रकबाट बालिकालाई उतारेर यही वैशाख ४ गते आरोपितले बलात्कार गरेको पीडितकी हजुरआमाको आरोप छ ।…
मानव अधिकार प्रवर्धन बारे अन्तरक्रिया तथा र्याली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज नगरपालिकामा मानव अधिकार प्रवर्धन अभियानअन्तर्गत अन्तरक्रिया तथा र्यालीको आयोजना गरिएको छ । इन्सेक सदस्य बैद्यनाथ झाले बढी भन्दा बढी नागरिकले मानव अधिकार बारे जानकारी प्राप्त…
मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र र महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको समन्वयमा जेठ २८ गते राजविराज नगरपालिकामा आयोजित एक कार्यक्रमका सहभागीहरुले मौलिक हक कार्यान्वयनका लागि समुदाय सचेत र जिम्मेवार निकाय जबाफदेही हुनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा इन्सेक सदस्य बैद्यनाथ…
खाद्य अधिकार विषयक अन्तर्क्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बिष्णुपुर गाउँपालिकामा खाद्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रम जेठ २३ गते सम्पन्न गरेको छ । खाद्य अधिकारको विषयमा संविधान, कानुन, ऐन, नियमावलीमा भएको व्यवस्था र व्यवहारमा त्यसको कार्यान्वयनको अवस्थाको बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयवासीबीच छलफल गर्न बिष्णुपुर गाउँपालिका स्तरीय मानव अधिकार निगरानी…
आवासको अधिकारबारे अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा जेठ २५ गते राजविराजमा आवासको अधिकारबारे सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत आवासको अधिकारबारे सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाकी उपप्रमुख इसरत परविनले…