बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई असोज १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले कटहरिया नपा–१ भसेढवा परसवनी टोलका ३५ वर्षीय इन्दल दासलाई सोही दिन गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रवालले जानकारी दिनुभएको छ । पीडित बालिकाको बुबाले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमाण्डमा गएको टोलीले…
रौतहट घटनाः एसपीसहित ६ जनाविरूद्ध उजुरी दर्ता
गरुडा नपा–८ स्थित जिंगडीयाका १९ वर्षीय विजय महराको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातना दिएका कारण मृत्यु भएको भन्दै एसपी सहित ६ जनाविरूद्ध मृतकका बुबा पनिलाल महराले दिएको उजुरी जिल्ला सरकारी वकिलको कार्यालय गौरमा भदौ २४ गते दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा भदौ २४ गते जिल्ला…
प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा तीन जना महिला घाइते
गरुडा इलाका प्रहरी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबिच भदौ १८ गते साँझ झडप हुँदा तीन जना महिला घाइते भएका छन् । घाइते हुनेमा माधवनारायण नपा–२ खेसरहीयाकी ४० वर्षीय सुन्दरकलीदेवी राम, गरुडा नपा–८ की २७ वर्षीय सङ्गीतादेवी राम र वृन्द्रावन नपा–२ की ४० वर्षीय गिरीजादेवी राम रहेका छन् । टाउकोमा चोट…
प्रहरी यातनाबाट हिरासतमा रहेका महराको मृत्यु भएपछि संलग्नताको आरोपमा तीन जना प्रहरी निलम्बित
प्रहरीको यातनाबाट गरुडा नपा–८ बसविटी जिंगडीयाका १९ वर्षीय विजय महराको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर नविनकुमार सिंह र प्रदेश २ प्रहरीबाट प्रहरी हवल्दार फिरोज मियाँ धुनिया र मुन्नाकुमार सिंहलाई निलम्बन गरिएको हो…
अपरिचित व्यक्तिद्वारा गोली प्रहार गरी पुजारीको हत्या
माधवनारायण नपा–२ खेसरहीयास्थित हनुमान मन्दिरको पुजारी ६५ वर्षीय श्रीराम साहलाई भदौ ३ गते राति खाना खाइरहेको बेला अपरिचित व्यक्तिले कञ्चटमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले बताउनु भएको छ । पुजारीको पत्नीको मृत्यु भएको र बालबच्चा पनि नभएकोले मन्दिरमा एक्लै बस्दै आउनु भएको थियो । हनुमान…
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्रपुर नपा–२ खरियान डाडा निवासी ४० वर्षीय जमान सिंह वाइबालाई असार २३ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । चन्द्रपुर नपा—२ को वन क्षेत्रबाट प्रतिबन्धित विप्लव कार्यकर्ता वाइबालाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भयो । वाइबा…
इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक आरोपित गिरफ्तार
रौतहटको राजपुरमा ०६४ चैत २७ गते भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटा भट्टामा जिउँदै जलाएको आरोप छ । १३ वर्षअघि जिउँदै मान्छे जलाएको उक्त घटनामा संलग्न रहेको आरोप लागेका राजपुर नपा–६ का ३४ वर्षीय शेष सरोज भनिने शेष सराजलाई प्रहरीले असार १८ गते गिरफ्तार गरेको छ । बारा जिल्ला…
बलात्कार घटनाका आरोपित मेडिकल सञ्चालक गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फतुवाविजयपुर—४ बस्ने अर्जुन मेडिकल हल विजयपुरका सञ्चालक ५२ वर्षीय डा.टेकबहादुर चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित चौधरीले ०७६ माघ २८ गते र त्यसभन्दा पहिले पटक—पटक गरी चार पटक बलात्कार गरेको आरोपमा ०७७ वैशाख २३ गते राती ९:०० बजे पीडितकी आमाले ईलाका प्रहरी कार्यालय…
रौतहटमा एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि
रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँ दिल्लीबाट नेपाल आएको बुुझिएको छ । खुल्ला सीमाना भएकाले ती युवा चैत १६ गते नेपाल आएका थिए । घर आउनासाथ गाउँलेहरुले क्वारेन्टाइनमा राखेको प्रमुख…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
८ वर्षीया बालिकालाई फतुवाविजयपुर नपा—७ बस्ने १८ वर्षीय नवल पासवानले चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले बताउनु भएको छ । यौन दुर्व्यवहार गर्ने क्रममा पीडित बालिका रोइ–कराई गरेपछि स्थानियहरुले सुनेर पासवानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।…