वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप
राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२ वर्षीय शेख अजित र ४५ वर्षीय शेख मुस्तकलगायत करिब ३०/४० जनाको समूहले ०७८ वैशाख ३० गते निर्वाचनको दिन कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक उजुरी लिएर जाँदा…
रौतहटमा स्थगित गरिएका २४ मतदान केन्द्रको मतदान सुरु
स्थानिय निर्वाचन ०७९ देशभरी एकैसाथ वैशाख ३० गते भएकोमा रौतहट जिल्लाको ६ ओटा पालिकाका ११ मतदान स्थलको २४ ओटा मतदान केन्द्रमा विभिन्न कारणले स्थगित भएको निर्वाचन जेठ ४ गते जिल्ला भरि एकै साथ सुरु भएको छ । वैशाख ३० गते भएको निर्वाचनमा यमुनामाई गाउँपालिका–१ मा नेकपा माओवादी र जासपा बिच…
मतदाताले नै लुटे मतपेटिका
यमुनामाई गाउँपालिका–१ को जेठरहीया मावि (क) मतदान स्थलबाट मतदाताहरुले नै मतपेटिका लिएर भागेका छन् । सो मतदान स्थलको दुई ओटा मदतान केन्द्रको मतपेटिका स्थानीयले लिएर भागेका हुन् । नेकपा माओवादी केन्द्र र जसपा बिच विवाद हुँदा मतपेटिका खोसाखोस भएको थियो । माओवादीले सो केन्द्र कब्जा गर्न खोजेको भन्दै अन्य दलहरुले…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले संविधानको मौलिक हकमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र अवास हकलाई स्थानीय तहले नीति…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले दिवा खाजाको कार्यक्रम शिक्षा क्षेत्रमा प्रभावकारी रहेको उल्लेख गर्नुहुँदै…
इन्सेकद्वारा चन्द्रनिगहापुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहद्वारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेखि बनाउने परियोजना अन्तर्गत मानव अधिकारसम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम रौतहटको चन्द्रनिगहापुरमा सम्पन्न भएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले समुदायमै पुगेर इन्सेकले मानव अधिकार संरक्षण र…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१९ वर्षीया महिलालाई चैत १८ गते बलात्कार गरेको आरोपमा देवाही गोनाही नगरपालिका–७ उचिहिड स्थायी घर भई हाल चन्द्रपुर नगरपालिका–१० बडेरवा बस्दै आएका २१ वर्षीया कुन्दन साहविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत २१ गते उजुरी दिएकी छन् । पीडित पक्षबाट उजुरी आएपछि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर…
नेपाली कांग्रेसका नगर सभापति र वडाध्यक्षको समूहबिच झडप, पाँच जना घाइते
देवाही गोनाही नगरपालिका–७ प्रेमपुर गोनाहीका नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका ५५ वर्षीय वडाअध्यक्ष जगरनाथ राय यादव र नेपाली कांग्रेसका नगर सभापति ५५ वर्षीय रामअयोध्या राय यादव पक्षबिच चैत ५ गते झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय फेकु राय यादव, ५८ वर्षीय रामबाबु राय यादव,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
रौतहटकी १४ वर्षीया बालिकालाई फागुन ८ गते बलात्कार गरेको आरोपमा बौधिमाई नगरपालिका–७ का २१ वर्षीय पवन जैसवाल र १९ वर्षीय मन्जय साह कानुलाई प्रहरीले गिरफ्तार गरेको छ । मन्जय साह कानुलाई फागुन ९ गते र पवन जैसवाललाई फागुन ११ गते गिरफ्तार गरिएको प्रहरीले जनायो । घटनाका अन्य आरोपितहरू बौधिमाई नगरपालिका–७…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–२ का २० वर्षीय सुजन सिंजाली मगरविरूद्ध पीडितले माघ २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । विवाह गर्छु भनी डर, धम्की, प्रलोभन, देखाएर करिब एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र पछिल्लो पटक आरोपितले माघ २२ गते बलात्कार गरेको पीडितको…