आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्थानीय लिलावती माझीले घरमा छाना नभएर आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । घर नभएकाले बालबालिकाहरू वर्षातको समयमा असुरक्षित रहेको तथा बालबालिकाहरूले…
मौलापुरमा झडप, सात प्रहरीसहित १२ जना घाइते
मौलापुरमा प्रहरी र प्रर्दशनकारी बिच असार १० गते भएको झडपमा सात प्रहरीसहित १२ जना घाइते भएका छन् । मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहको अध्यक्षतामा एवम् पूर्वमन्त्री प्रभु साहको उपस्थितिमा भएको पाचौँ नगर सभा रोक्नुपर्ने माग गर्दै कांग्रेस, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लगायतको विपक्षी…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराएकी छिन् । पीडित बालिका जेठ १९ गते घाँस काट्न गएको बेला आरोपितद्वयले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।…
एसिड प्रहार गरेको घटनाका आरोपित पतिविरुद्ध उजुरी
चन्द्रपुर नपा—४ चन्द्रनिगाहपुरकी ३७ वर्षीया दिपिका बिकलाई ४२ वर्षीय पति दिपक बिकले जेठ २९ गते राति एसिड प्रहार गरी घाइते बनाएको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुुरमा जेठ ३० गते उजुरी दर्ता गराउनु भएको छ । घरमा बसिरहेको बेला पति दिपक बाहिर कामबाट घर आएको र सो अवस्थामा पीडितले ‘म…
प्रहरी र स्थानीयबिच झडप, सात प्रहरी घाइते
गरुडा नपा–२ गेडहीगुठीका १९ वर्षीय सुजितकुमार सहनीको विवाहमा डिजे बाजा बजाएको खबर पाएर इलाका प्रहरी कार्यालय गरुडाको डिएसपीसहित २५ जनाको टोलीले डिजे बन्द गराउने क्रममा जेठ २३ गते बिहान स्थानीय र प्रहरीबिच भएको झडपमा परेर सात जना प्रहरी घाइते भएका छन् । ४–५ सय जनाको सङ्ख्यामा रहेका स्थानीय र प्रहरीबिच…
शिक्षकलाई कुटपिट गरेको आरोपमा अभिभावक गिरफ्तार
बृन्द्रावन नपा–४ स्थित सरस्वती मावि हर्दिया पल्टुवाका ४५ वर्षीय शिक्षक कैलाश यादवलाई चैत २७ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका अभिभावक ४५ वर्षीय प्रेम रायलाई सोही दिन गिरफ्तार गरेको छ । चैत २६ गते नियमित कक्षा सञ्चालनको क्रममा होहल्ला गरेको भन्दै शिक्षक यादवले सम्झाइबुझाइ गरेको तर सोही कुरालाई लिएर…
दरबन्दी अनुसार शिक्षक अभावका कारण पठनपाठनमा समस्या
चन्द्रपुर नगरपालिका–८ मोतिपुरस्थित शिवशक्ति आधारभूत विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएका कारण पठनपाठनमा समस्या भएको छ । अभिभावक रेखा चौधरीका अनुसार दरबन्दी अनुसार शिक्षक नहुँदा पढाइ राम्रो हुँदैन । स्थानीय जोखन विश्वकर्माले बालबालिकाको पढाइ राम्रो नभएको आरोप लगाउनु भयो । आधारभूत विद्यालयमा कम्तीमा पनि आठ जनाको दरबन्दी हुनुपर्नेमा बालशिक्षा, राहत कोटाबाट…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न फागुन १९ गते आउनु भएका सभापति देउवाले आलमलाई छुटाउन आफू लागिपरेको बताउनु भएको हो ।…
भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या
चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ । ‘विद्यालयमा झ्याल ढोका छैन । जसका कारण हाम्रा बालबालिकाहरू शीतलहरमा काम्दै पढ्न बाध्य छन् भने चैतवैशाख महिनाको हावाहुरीमा कोठाभित्रै सम्म फोहोर पुग्ने हुँदा समस्यामा छन् ।’–अभिभावकहरूको गुनासो छ । विद्यालयमा…
शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री मावि श्रीपुरका प्रधानाध्यापक रामआधार पासवानले विद्यार्थीको चाप अत्यधिक रहेको र शिक्षक दरबन्दी कम रहेको बताउनु भयो । सिकाइ प्रभावकारी र गुणस्तरीय शिक्षाका…