भवन जीर्ण भएको कारण विद्यालयमा पठनपाठनमा समस्या
चन्द्रपुर नपा–८ मा अवस्थित श्री दलित जनजागरण आधारभूत विद्यालय, बेतौनामा भवन जीर्ण भएका कारण बालबालिकाको पठनपाठनमा समस्या भएको छ । ‘विद्यालयमा झ्याल ढोका छैन । जसका कारण हाम्रा बालबालिकाहरू शीतलहरमा काम्दै पढ्न बाध्य छन् भने चैतवैशाख महिनाको हावाहुरीमा कोठाभित्रै सम्म फोहोर पुग्ने हुँदा समस्यामा छन् ।’–अभिभावकहरूको गुनासो छ । विद्यालयमा…
शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री मावि श्रीपुरका प्रधानाध्यापक रामआधार पासवानले विद्यार्थीको चाप अत्यधिक रहेको र शिक्षक दरबन्दी कम रहेको बताउनु भयो । सिकाइ प्रभावकारी र गुणस्तरीय शिक्षाका…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २२ गते चन्द्रपुर नपा–८ सन्तपुर स्थित श्री सुवलाल भागवत उच्च माविमा शिक्षाको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उच्च माविका प्रध्यानाध्यापक देवानन्द चौधरीले भौतिक संरचना तथा पर्याप्त शिक्षक दरबन्दी भए मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने बताउनु भयो…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २१ गते चन्द्रनिगाहपुर अस्पतालको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अस्पतालको अनुगमन, सेवा सुविधाको प्रयोग र सेवाग्राहीले पाइरहेका सेवाहरुको निरीक्षण गरी कार्यक्रमलाई औपचारिक सत्रमा परिणत गरी सभाहलमा अन्तरक्रिया गरिएको थियो । चन्द्रनिगाहपुर अस्पतालले दिँदै आएको सेवाबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नपा–७ का २२ वर्षीय दिनेश दास तत्माले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले पुस १५ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा उजुरी दिएकी छन् । पीडित बालिकाको उपचार चन्द्रनिगाहापुर अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी हेमबहादुर शाहीले बताउनुभयो । पीडितकी…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटद्वारा पुस ४ गते चन्द्रनिगाहपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।…
इँटा भट्टामा जिउँदै मान्छे जलाएको घटनाका थप एक जना आरोपित गिरफ्तार
१३ वर्षअघि इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा राजपुर नपा–४ राजपुरका ४६ वर्षीय महताव आलमलाई प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर २२ गते गिरफ्तार गरेको छ । उक्त घटनाका मुख्य योजनाकार रहेका भनिएका महतावलाई प्रहरीले नेपाल भारत सीमामा रहेको बौधिमाई नपा–७ बङ्कुलबाट मङ्सिर २२ गते गिरफ्तार गरेको जिल्ला…
इज्जतका नाममा गोली हानी छोरीको हत्या
माधवनारायण नपा–७ लौकाहाकी १७ वर्षीया अमृताकुमारी साहलाई कात्तिक २६ गते राति गोली हानी हत्या गरेको आरोपमा आमाबाबुसहित ६ जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय रौतहटले मङ्सिर १४ गते सार्वजनिक गरेको छ । माइतीघरमा सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले…
रौतहट घटनाका आरोपित गिरफ्तार
इँटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटकोे संयुक्त टोलीले बारा जिल्ला सिम्रौनगढ नपा–४ का ५५ वर्षीय बद्रि सहनीलाई असोज १६ गते राति बौधिमाई नपा–७ स्थित बङ्कुल बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिनु भएको छ । गिरफ्तार…
प्रहरी हिरासतमा एक महिलाको मृत्यु
गुजरा नपा–२ कटानीका ३० वर्षीय राधिका भनिने रेवतीकुमारी राउतको महिला तथा बालबालिका सेवा केन्द्र गरुडाको प्रहरी हिरासतमा असोज १५ गते बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठका अनुसार असोज १४ गते साँझ खाना खाएर सुतेकी महिलालाई असोज १५ गते बिहान प्रहरीले उठाउन जाँदा मृत्यु भइसकेको…