रौतहटमा राजपा फोरम, कार्यकर्ता र प्रहरीबीच झडप

रौतहटको मध्यभाग गरुडा नगरपालिकास्थित गए राति संघीय समाजबादी फोरम तथा राष्ट्रिय जनता पार्टीका गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दोहरो झडप भएको राससले जनाएको छ । मङ्सिर १४ गते राति ८ बजे गरुडा नगरपालिका-५ महमदपुर गाउँमा प्रोजेक्टरमार्फत चलाइरहेको विभिन्न भ्रामक भिडिओलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप भएको जनाइएको छ । झडपमा परेर…

२०७४ मंसिर १५, शुक्रबार २०:३१ गते  
बाम गठबन्धनको भेलामा बम विष्फोट, आठ घाइते

चन्द्रपुर नगरपालिका-५ स्थित राधाकृष्ण मन्दिरमा मङ्सिर २ गते दिउँसो संयुक्त बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी गराइएको बम विष्फोटमा परी आठ जना घाइते भएका छन् । घाइते मध्ये एक बालकसहित तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । आगामी मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको क्रममा…

२०७४ मंसिर २, शनिबार २२:४६ गते  
लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन् । ईशानाथ नगरपालिकामा नगर कार्यसमितिको निर्वाचनपछि नेपाल लोकतान्त्रिक फोरमले विजय जुलुश निकालेको अवस्थामा राति करिब ७ बजेको समयमा जोकाहा गाउँमा आइपुगेपछि जुलुशमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले…

२०७४ आश्विन २३, सोमबार २०:४० गते  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा एक बालिकाको मृत्यु

नेपाली काङ्ग्रेस  र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का कार्यकर्ता हुलास राययादव र एमालेका कार्यकर्ता कृष्ण चौधरीबिच खानेपानीको विषयमा विवाद भई झगडा हुँदा हुलास राययादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको…

२०७४ आश्विन १६, सोमबार १८:४४ गते  
अज्ञात समूहद्वारा टाउकोमा भाला रोपी व्यवसायीको हत्या

चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान मिल सञ्चालन गर्दै आएका साहलाई मिल छेउमै खुल्ला आकाशमुनी झुल लगाएर सुतेको स्थानमा अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…

२०७४ आश्विन १३, शुक्रबार १५:१७ गते  
अज्ञात समूहद्वारा गोली प्रहार गरी काङ्ग्रेस कार्यकर्ताको हत्या

परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।   नेपाली काङ्गे्रसको तर्फाबाट स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रही पराजित बनेका महमद सेराजुद्धिनका छोरा सैयद आफ्ना साथीहरूसँगै घरको बरण्डामा सुतिरहेको अवस्थामा बिहान ३…

२०७४ आश्विन ९, सोमबार ०९:१५ गते  
काङ्ग्रेसको विजय जुलुशमा आक्रमण, चार जना घाइते

बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको अवस्थामा आक्रमण गरी घाइते बनाए । बृन्दावन नपामा मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसले जितेपछि निकालेको विजय जुलुशमा सहभागी हुन बाजागाजासहित नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू…

२०७४ आश्विन ८, आईतवार १३:१६ गते  
काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच भएको झडपमा एकको मृत्यू

कटहरीया नपा-८ का ५० वर्षीय रामपुकार राय यादवको असोज ४ गते राति नेपाली काङ्गे्रसका कार्यकर्तासँग झडप हुँदा मृत्यू भएको छ । रौतहटको कटहरीया नगरपालिकमा भएको निर्वाचनको विषयमा नेपाली काङ्गे्रस र राजपाका कार्यकर्ताबिच राति वादविवाद हुँदा दुवै पक्षबिच झडप भएको थियो । झडपमा परी घाइते भएका यादवलाई उपचारका लागि कटहरीया स्वास्थ्य…

२०७४ आश्विन ५, बिहीबार १२:५३ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य कुरा भएकोमा नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए । अध्यक्ष प्याकुरेलले संसारमा सबैभन्दा नजिकको नाता…

२०७४ भाद्र २९, बिहीबार ०९:५० गते  
आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण

बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा आगामी असोज २ गते निर्वाचन हुन गइरहेको र भदौ १ गतेदेखि प्रदेश नं २ मा निर्वाचन आचारसंहिता लागु भइसकेको छ…

२०७४ भाद्र ३, शनिबार २१:२२ गते