म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय पौराई स्वास्थ्य चौकीलाई पठाएको निःशुल्क औषधिमध्ये डोक्सलेव नामक औषधिको एक महिना अघिनै म्याद सकिएपनि चैत २५ गते स्वास्थ्य चौकी पौराईलाई पठाएको तथ्य खुलेको हो । अस्पतालले पठाएका औषधिहरूमध्ये धेरै औषधिहरूको…
परिवारका सदस्यले हत्या गरेको आरोपमा जलाउन लागेको शव चीताबाटै बरामद
कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ । जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले शव बरामद गरेको जनाएको छ । मृतक यादवलाई ३५ वर्षीय पति विजय साह सोनारले कुटपिट गरी हत्या गरेको आरोपमा शव…
अज्ञात पक्षबाट गोली प्रहारबाट एक जना घाइते
गरुडा नपा-५ का ५० वर्षीय रामअशिष राय यादवलाई चैत ५ गते राति अज्ञात पक्षले गोली प्रहार गरी घाइते बनाएको छ । कटहरिया नपा-८ प्रि्रा पोखरीयास्थित नेम इँटा उद्योगमा कार्यरत यादव उक्त इँटा उद्योगमा सुतिरहेको अवस्थामा राति साढे ११ बजे गोली प्रहार भएको पीडित पक्षले जनाएको छ । ढाडमा गोली लागेर…
अज्ञात समुहद्वारा स्काईभेटरमा आगजनी
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटरमा चैत ५ गते राति अज्ञात समूहले आगजनी गरेको छ । गरुडा नगरपालिका-५ स्थित झाझपुल कटहरिया सडक खण्ड निर्माणका लागि गरुडा नपा-५ स्थित लक्ष्मिपुरमा राखिएको डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो । आगजनीबाट स्काईभेटरमा पूर्ण रूपमा क्षति भएको छ । स्काईभेटरमा आगजनी गर्ने समूहको खोजतलास…
नगरप्रमुखलाई ज्यान मार्ने धम्की दिएको घटनाका आरोपित गिरफ्तार
बृन्दाबन नपा-१ घर भएका सो नगरपालिकाका प्रमुख ४५ वर्षीय रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की दिएको आरोपमा प्रहरीले चैत ४ गते दुई जनालाई गिरफ्तार गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले नगरप्रमुख यादवलाई धम्की दिएको आरोपमा कटहरिया नपाका २५ वर्षीय मोहम्मद सम्साग आलम र राजपुर नपाका…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिकालाई १७ वर्षीय बालकले ललाईफकाई फागुन २१ गते बीरगञ्जबाट बस चढाएर ल्याई रौतहटको चन्द्रपुर नपा-१ पौराई पुर्याएर बलात्कार गरेको पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
साढे तीन वर्षीया बालिकालाई फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले रौतहटको गढीमाइ नपा-७ का १८ वर्षीय छोटे भनिने फैजान अन्सारीलाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकासहित उनका अभिभावक फागुन १६ गते प्रहरीको सम्पर्कमा आएका थिए । पीडित सम्पर्कमा आएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गौर अस्पतालमा गराउँदा…
होलीमा सुविधा नदिएको भन्दै कारागारका बन्दीहरू आन्दोलित
सरकारले कारागारमा रहेका बन्दीहरूलाई फागुपर्व (होली) मनाउन सुविधा नदिएको भन्दै गौर कारागारका बन्दीहरूले फागुन १८ गते साँझदेखि कारागार भित्रै आन्दोलन गरेका छन् । विगतका वर्षहरूमा सरकारको तर्फबाट बन्दीहरूका लागि छुट्टै बजेटको व्यवस्था गरिएकामा यस वर्षको होलीमा कुनै रकम नदिएकाले आन्दोलन गरेको बन्दीहरूले बताएका छन् । बन्दीहरूले कारागारको मुलद्वारमा बसेर नारा…
कथित बोक्सीको आरोपमा दम्पतिमाथि कुटपिट
यमुनामाई गाउँपालिका-५ की ५० वर्षीया कान्तीदेवी ठाकुर हजाम र ५५ वर्षीय पति रामस्वरुप ठाकुर हजामलाई सोही ठाउँका ४४ वर्षीय धर्मेन्द्र राय यादव, ३६ वर्षीय सुनिल राय यादव र ३२ वर्षीय मुकेस राय यादवले फागुन १३ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । यादव…
अदालत परिसरमै प्रहरीद्वारा महिलामाथि कुटपिट
राजपुर नपा-९ की ५५ वर्षीया कोरैसी खातुन र सोही ठाउँकी ३४ वर्षीया अमब्या खातुनलाई ०७४ फागुन १४ गते दिउँसो प्रहरीले रौतहट जिल्ला अदालत परिसरमै कुटपिट गरी घाइते बनाए । उनीहरूसँगै गएका अन्य महिला समेतलाई प्रहरीले कुटपिट गरी घाइते बनाएका छन् । रौतहटको राजपुर नपा-९ बैरियाटोलमा गत माघ ९ गते ८…