धारिलो हतियार प्रहार गरी मजदुरको हत्या
चन्द्रपुर नपा–९ का ४७ वर्षीय रामजी माझीलाई धारिलो हतियार प्रहार गरी माघ १५ गते राति अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । वृन्दावन नपा–६ स्थित रौतहट इँटा उद्योगमा कार्यरत मुसहर राति उद्योगमा जाने क्रममा चन्द्र्रपुर नपा–१० स्थित वालचनपुर चोक भन्दा ५०० मिटर पूर्व सडक छेउमा हत्या गरी लाश फ्याँकिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–७ का २२ वर्षीय हरि पासवानले पुस ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २८ गते बलात्कार गरेको आरोपमा पीडितले पुस ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छिन् । आरोपितले घटना अरूलाई भने ज्यानै लिने धम्की दिएको…
वैवाहिक बलात्कार गरेको आरोपमा उजुरी दर्ता
३३ वर्षीया महिलालाई ३३ वर्षीय पतिले आफ्नो इच्छा विपरीत मङ्सिर २८ गते राति बलात्कार गरेको आरोपमा मङ्सिर २९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पीडितले उजुरी दर्ता गराएकी छिन् । आफनो जातीय परम्परा अनुसार ०६१ सालमा विवाह भई १३ वर्षीय र ६ वर्षीय दुई जना छोराको जायजन्म भएकोमा पतिले मादक पदार्थ…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व समीक्षा गोष्ठी मङ्सिर १० गते चन्द्रनिगाहपुरमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक पूर्व जिल्ला प्रतिनिधि विपिन गौतमले सन् २०१८ को हालसम्मको रौतहट जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा तथ्याङ्क प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१७ वर्षीया बालिकालाई तीन जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले कात्तिक ४ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । राति मेला हेर्न गएकी पीडित बालिकालाई कात्तिक ५ गते बिहान उज्यालो नहुँदै घर पुर्याइदिने भन्दै…
फिरौतीका लागि बालकको अपहरण, पछि गोली प्रहार गरी हत्या
कटहरीया नपा-९ का १२ वर्षीय युवराज साहलाई अपहरणपछि गोली प्रहार गरी हत्या गरेको अवस्थामा ०७५ जेठ २८ गते प्रहरीले शव फेला पारेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा ०७५ जेठ २६ गते राति अपहरणमा परेका बालकको शव गढीमाई नपा-५ स्थित वलुवा मदनपुर टोल निजक रहेको बागमती नदीको तटबन्धमा फेला परेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २३ गते उजुरी दिएकी छन् । पीडित बालिकालाई आरोपितहरूले बा.२५.प १३७८ नं को मोटरसाइकलमा चढाई रौतहट चन्द्रपुर…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
पाँच वर्षीया र ६ वर्षीया बालिकालाई गुजरा नपा-८ का ३५ वर्षीय रमेश रामले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । पीडितद्वयलाई आरोपितले पालैपालो बलात्कार गरेको पीडितद्वयका अभिभावकले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित पक्षको मौखिक उजुरीका…
दाईजोको कारण यातना दिई हत्या गरेको आरोपमा उजुरी दर्ता
चन्द्रपुर नपा-९ की २२ वर्षीया सानु बुढाथोकीलाई २४ वर्षीय पति रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले चैत २९ गते बिहान दाइजोको कारण हत्या गरेको आरोपमा मृतकका काका रामेछाप जिल्ला लिखु गाउँपालिका-६ का माधव बरुवालले चैत ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा उजुरी दिएका…
म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ । चन्द्रनिगाहपुर अस्पतालले स्थानीय पौराई स्वास्थ्य चौकीलाई पठाएको निःशुल्क औषधिमध्ये डोक्सलेव नामक औषधिको एक महिना अघिनै म्याद सकिएपनि चैत २५ गते स्वास्थ्य चौकी पौराईलाई पठाएको तथ्य खुलेको हो । अस्पतालले पठाएका औषधिहरूमध्ये धेरै औषधिहरूको…