बलात्कार घटनाका आरोपित गिरफ्तार
राजपुर नगरपालिका–२ की १६ वर्षीया बालिकालाई अहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले राजपुर नपा–२ का ६५ वर्षीय गोनाउर मियालाई ०७८ माघ २५ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७७ फागनु १४ गते सोही ठाउँका २८ वर्षीय तबरेज मिया, ६५ वर्षीया गोनाउर मिया र ३० वर्षीया प्रवेज मियाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फतुवाविजयपुर नगरपालिका–३ नेवाकीका ३१ वर्षीय चन्दन साह कानुलाई माघ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको आरोपमा आरोपितविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय विजयपुरमा माघ १३ गते उजुरी दिएकी थिइन् । आरोपितविरूद्ध जबरजस्ती करणीसम्बन्धी शीर्षकमा उजुरी…
जनमत पार्टीका आठ जना कार्यकर्ता गिरफ्तार
पुर्वपश्चिम राजमार्ग स्थित चन्द्रनिगाहापुरमा बन्द गराउँदै हिँडेका सिके राउत नेतृत्वको जनमत पार्टीका आठ जना कार्यकर्तालाई प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । सिके राउत नेतृत्वको जनमात पार्टीले पुस १५ गतेदेखि आह्वान गरेको अनिश्चितकालीन हाइवे बन्दको दोस्रो दिन दिनभरी बन्दको प्रभावले सर्वसाधारणको जनजीवन कष्टकर बनेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।…
मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । जनवरीदेखि डिसेम्वर १५ सम्मको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पुस ८ गते रौतहटमा आयोजित एक कार्यक्रममा इन्सेक रौतहट प्रतिनिधि कोपिला तिमिल्सिनाले प्रतिवेदन…
अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा प्रभातफेरी
गरुडा नपा–९ स्थित श्री नयाँ मावि गम्हरिया श्रीपुर र सुबलाल भागवत मावि चन्द्रपुर नपा–८ सन्तपुरमा क्रियाशील बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा “बाल अधिकार हाम्रो सरोकार, पढ्नलेख्न पाउने हाम्रो अधिकार” भन्ने मुल नाराका साथ प्रभातफेरी गरेका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा श्री नयाँ मावि गम्हरिया…
बाल अधिकार चेतना समूहद्वारा विद्यालयमा हेल्प डेस्क स्थापना
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको सहयोगमा गरुडा नगरपालिका–९ स्थित श्री मावि नयाँ गम्हरिया श्रीपुरको बाल अधिकार चेतना समूहले कात्तिक ३० गते बालबालिका सहायता कक्ष स्गरेको छ । विद्यालयमा बालबालिकाका समस्या, हिंसा, स्वास्थ्यसँग सम्बन्धित सरोकारमा सम्बोधन गर्ने उद्देश्यले उक्त हेल्प डेस्क स्थापना गरिएको इन्सेक प्रदेश २ का…
कारागारमा झुण्डिएर एक कैदीको मृत्यु
जिल्ला कारागार गौरमा देवाही गोनाही नपा-७ का २६ वर्षीय लडाई साह तेलीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मङ्सिर १ गते शौचालय गएर अबेरसम्म बाहिर नआएपछि साथीहरूले खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको कारागारका जेलर सम्भुप्रसाद यादवले बताउनु भयो । शवको पोष्टमार्टमका लागि गौरस्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ…
इन्सेकद्वारा मानव अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा आयोजित नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबिच नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत मानवको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारको विषयका विभिन्न कार्यक्रमहरू सञ्चालन…
इन्सेकद्वारा गरुडामा समस्या तथा सरोकारवालाहरूको पहिचान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले कात्तिक २९ गते आयोजित गरुडा नगरपालिकास्तरीय समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठकसम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा भएका समस्याहरू र सरोकारवालाहरूको पहिचान गरी कमीकमजोरी भएको क्षेत्र तथा विषयमा कार्ययोजना…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले खाद्य अधिकारसम्बन्धी चन्द्रपुर नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । इन्सेक प्रदेश २ का प्रमुख राजु पासवानले संस्थाद्वारा सञ्चालित कार्यक्रमहरू र परियोजनाको बारेमा सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । उहाँले खाद्य अधिकार नागरिकको मौलिक हक भएकाले सो अधिकारबाट कोही पनि वञ्चित हुन…