अज्ञात समूहद्वारा टाउकोमा भाला रोपी व्यवसायीको हत्या
चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान मिल सञ्चालन गर्दै आएका साहलाई मिल छेउमै खुल्ला आकाशमुनी झुल लगाएर सुतेको स्थानमा अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…
अज्ञात समूहद्वारा गोली प्रहार गरी काङ्ग्रेस कार्यकर्ताको हत्या
परोहा नपा-२ जिङ्गडवा टोलका २५ वर्षीय अकवर भनिने महमद अबु सैयदलाई असोज ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । नेपाली काङ्गे्रसको तर्फाबाट स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार रही पराजित बनेका महमद सेराजुद्धिनका छोरा सैयद आफ्ना साथीहरूसँगै घरको बरण्डामा सुतिरहेको अवस्थामा बिहान ३…
काङ्ग्रेसको विजय जुलुशमा आक्रमण, चार जना घाइते
बृन्दावन नपा-९ का ६० वर्षीय शेख खैरूल्लाह, सोही ठाउँका शेख मेराजुल, शेख जाहिर र मोहम्मद सैमुल्लाहलाई असोज ७ गते दिउँसो एमाले कार्यकर्ताहरूले विजय जुलुश मनाइरहेको अवस्थामा आक्रमण गरी घाइते बनाए । बृन्दावन नपामा मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसले जितेपछि निकालेको विजय जुलुशमा सहभागी हुन बाजागाजासहित नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू…
काङ्ग्रेस र राजपाका कार्यकर्ताबिच भएको झडपमा एकको मृत्यू
कटहरीया नपा-८ का ५० वर्षीय रामपुकार राय यादवको असोज ४ गते राति नेपाली काङ्गे्रसका कार्यकर्तासँग झडप हुँदा मृत्यू भएको छ । रौतहटको कटहरीया नगरपालिकमा भएको निर्वाचनको विषयमा नेपाली काङ्गे्रस र राजपाका कार्यकर्ताबिच राति वादविवाद हुँदा दुवै पक्षबिच झडप भएको थियो । झडपमा परी घाइते भएका यादवलाई उपचारका लागि कटहरीया स्वास्थ्य…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार अपरिहार्य कुरा भएकोमा नेपालको परिप्रेक्ष्यमा मतदाताहरू चेतनशील भएपनि उम्मेदवारहरू स्वच्छ हुन नसकेको बताए । अध्यक्ष प्याकुरेलले संसारमा सबैभन्दा नजिकको नाता…
आचारसंहिता विपरीत व्यानर फोटो राखी राहत वितरण
बाढी पीडितहरूलाई राहत वितरण गर्ने बहानामा दलहरूले गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गरिरहँदा पनि निर्वाचन कार्यालयले त्यसलाई रोक्न सकेको छैन । स्थानीय तहको तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा आगामी असोज २ गते निर्वाचन हुन गइरहेको र भदौ १ गतेदेखि प्रदेश नं २ मा निर्वाचन आचारसंहिता लागु भइसकेको छ…
बाढीपीडितको शिविरमै महिलामाथि हिंसा
गरूडा नगरपालिकाकी २५ वर्षीया एक महिलालाई ससुराले कुटपिट गरेको भन्दै पीडितले साउन ३२ गते प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा उजुरी दिएकी छिन् । त्यस्तै प्रतापपुर पल्टुवाकी २० वर्षीया एक महिलालाई साउन ३२ गते ससुराले कुटपिट गरेको भन्दै पीडितले सोही दिन उजुरी दिएकी छिन् । यी त प्रतिनिधि घटनाहरू…
बाढीले बगाएर गर्भवतीसहित ६ जनाको मृत्यु
बाढीले बाटो कटान गरेको स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा गर्भवतीसहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परोहा गाउँपालिका-३ का चन्दन यादवको श्रीमती २८ वर्षीया शर्मिला यादवलाई प्रसुती व्यथा लागेपछि राजपुर फरहदवा स्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा राजपुर गाउँपालिका-३ स्थित बाढीले कटान गरेको सडकको खाल्डोमा जीप खसेर ६ जनाको घटनास्थलमै…
चार जना बालिका डुबेर मृत्यु भएको घटनाको छानबिन टोली रौतहटमा
नयाँ सडक बनाउदा खनेको खाडलमा डुबेर चार जना बालिकाको मृत्यु भएको घटनाको छानबिन गर्न नेपाल सरकारले गृहमन्त्रालयका सहसचिव दिपक काफ्लेको संयोजकत्वमा गठन गरेको छानबिन टोलीले रौतहट पुगी घटनाको छानबिन सुरु गरेको छ । सरकारी टोलीले साउन २४ गते दिउँसो गरुडा स्थित घटनास्थलको अवलोकन समेत गरेको छ । सरकारी टोलीमा पूर्वाञ्चल…
राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित
दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् । बन्दकर्ताहरूले बिहानैदेखि जिल्ला सदरमुकाम गौरलगायत गरुडा, कटहरीया, पिपरामा टायर बालेर अवरोध पुर्याउनुका साथै केही सवारी साधनमाथि तोडफोड समेत गरे । बन्दकर्ताले…