बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका आरोपित गुजरा नपा—२ का ३६ वर्षीय रमौली जेठा भनिने सागर रमौलीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले फागुन २५ गते गिरफ्तार गरेको छ । असोज २२ गते आफ्नो भाई खोज्दै जाने क्रममा आरोपित रमौलीले आफ्नो घरमा लगी बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले ईलाका प्रहरी…
बलात्कार घटनका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई फागुन १७ गते साँझ बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय एक बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडितकीे आमाले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन १८ गते उजुरी दर्ता गराएपछि आरोपित बालकलाई घरबाट गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले बताउनु भएको छ ।…
विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
चन्द्रपुर–१० बालचनपुरस्थित एभरग्रीन बोर्डिङ् स्कुलको कक्षा ७ मा अध्ययनरत १६ वर्षीय राजनकुमार ठाकुरलाई फागुन ७ गते निर्घात कुटपिट गरेको आरोपमा शिक्षक ४३ वषीय रामप्रवेश यादव विरुद्ध पीडितका बुवा मनोजकुमार ठाकुरले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा फागुन ७ गते किटानी उजुरी दिनु भएको छ । पीडित विद्यार्थी राजनकुमारका अनुसार नबुझेको सोध्दा शिक्षक…
वन अधिकृतले दुर्व्यवहार गरेको महिला कर्मचारीको आरोप
चन्द्रपुर नगरपालिकाको दर्ता चलानी शाखामा कार्यरत ५० वर्षीया महिला कर्मचारीलाई आफु वन अधिकृत हुँ भन्दै चन्द्रपुर नपा–४ निवासी ४५ वर्षीय रामकेवल राय यादवले दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । फागुन ७ गते नक्सा पासको कागजातमा इन्जिनियरको हस्ताक्षर नभएकाले यत्तिकै चलानी गर्न नमिल्ने चन्द्रपुर नगरपालिकाको महिला कर्मचारीले बताउनु भएपछि रामकेवल…
जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित
चन्द्रपुर नपा–८ बेतौैनाका ४५ वर्षीय टेकनाथ राउतको पाँच जना छोराछोरीको जन्मदर्ता नभएको कारण शिक्षाको अधिकारबाट वञ्चित भएका छन् । चार वर्ष अगाडी ४३ वर्षीया श्रीमती घरबाट वेपत्ता भएको र विवाह दर्ता नभएको कारणले छोराछोरीको जन्मदर्ता बनाउन नपाएको छोराछोरीका बुवा राउत बताउनु हुन्छ । उहाँको २५ वर्षीया छोरी कागजदेवी राउत, १७…
सुत्केरी प्रोत्साहन रकम नपाउँदा सेवाग्राही मार्कामा
गढिमाई नपा–२ मा रहेको समनपुर स्वास्थ्य चौकीमा यस आर्थिक वर्ष ०७६/०७७ मा सुत्केरी भएका महिलाहरुले यातायात प्रोत्साहन वापतको १ हजार रुपियाँ रकम पाएका छैनन् । यस स्वास्थ्य चौकीमा नेपाल सरकारले प्रत्येक सुत्केरी महिलाले सरकारी अस्पतालमा सुत्केरी गराउँदा प्रोत्साहन वापत यातायातको लागि पाउनु पर्ने १ हजार रुपियाँ र प्रति सुत्केरी वापत…
दरबन्दी अनुसार शिक्षक नहुँदा गुणस्तरीय शिक्षाबाट बञ्चित
चन्द्रपुर नपा–१० मा अवस्थित श्री प्राथमिक विद्यालय वलुवा मटिऔनमा दरबन्दी अनुसार शिक्षक नहुदाँ विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित हुने गरेको सरोकारवालाहरुले बताउनु भएको छ । नेपाल सरकारले तोकेको दरबन्दी ६ जना रहेको उक्त विद्यालयमा हाल तीन जना कार्यरत हुनु हुन्छ, जसमध्ये एक जना राहत, एक जना बालविकासमा कार्यरत शिक्षिका र एक…
गोली प्रहार गरी फरार आरोपित गिरफ्तार
विगतमा तराई जनतान्त्रिक मुक्ति मोर्चाका ईन्चार्ज भई कर्तव्यज्यान लगायतका दर्जनौं अपराधमा संलग्न रही फरार रहेको आरोपमा मौलापुर नपा—८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले फागुन ६ गते राती ९ बजे चन्द्रपुर नपा–४ स्थित धन्सारबाट जंगलसहिया जाने सडकमा गोली…
चार महिनादेखि निःशुल्क खाजाबाट बञ्चित विद्यार्थी
चन्द्रपुर नपा–६ मा अवस्थित जनज्योति माध्यामिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनमा चासो नदिँदा विद्यार्थीहरु सरकारले दिने दिवा खाजाबाट बञ्चित हुनाका साथै नमूना विद्यालय अन्तर्गत आएको सरकारी अनुदानको पहिलो किस्ता वापतको १ करोड ५० लाख रुपियाँ पनि काम नभई फ्रिज हुने अवस्थामा पुगेको छ । बालबालिकाको स्वास्थ्य र पोषणलाई मध्यनजर गर्दैै…
हथौडा प्रहार गरी वृद्धको हत्या
दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पर्साटोलका ६५ वर्षीय फेकन पण्डितको अज्ञात समुहले माघ २७ गते उहाँकै घरमा राखिएको हथौडाले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राति खाना खाएर घरदेखि एक किलोमिटरको दुरीमा रहेको गाईगोठमा सुत्न जानु भएका पण्डित माघ २८ गते बिहान अबेरसम्म घरमा नफर्केपछि…