शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेकको आयोजनामा गरुडा नगरपालिका–८ र ९ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गरुडा नपा–८, जिङ्गडियामा शिक्षाको अधिकार विषयक शिक्षक अभिभावक र विद्यायार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रामचन्द्र माविको कक्षा १० का विद्यार्थी खुसीकुमारी साहले विद्यालयको शिक्षा गुणस्तरीय रहेको,…

२०७८ भाद्र २९, मंगलवार २०:३३ गते  
मानव अधिकारमैत्री काम गर्न निगरानी समूहद्वारा स्थानीय तहको ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहद्वारा चन्द्रपुर नगरपालिकामा भदौ २५ गते तथा गरुडा नगरपालिकामा भदौ २७ गते ध्यानाकर्षण पत्र पेश गरिएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत स्थानीय तहहरूसँग समन्वय गरी शिक्षा, स्वास्थ्य, खाद्य र आवासको…

२०७८ भाद्र २९, मंगलवार २०:०० गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई माधवनारायण नपा–३ का २५ वर्षीय किसन सहनी र पहिचान नखुलेका दुई जना व्यक्तिको समूहले भदौ १५ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले इलाका प्रहरी कार्यालय गरुडामा भदौ १७ गते उजुरी दर्ता गराएका छन् । पीडित बालिका घाँस काट्न गएको बेला डर त्रास देखाई आरोपित सहनी…

२०७८ भाद्र २०, आईतवार ०६:४२ गते  
विद्यार्थी भर्नाको विषयमा झडप, १३ जना घाइते

माधवनारायण नपा–४ विसुनपूर्वामानपुरमा श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर साउन १७ गते झडप हुँदा १३ जना घाइते भएका छन् । श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने उद्देश्यले माधवनारायण नगरपालिका–४ का वडाअध्यक्षका ३५ वर्षीय छोरा रामकलेवर मुखियाले १ सय जना विद्यार्थी भर्ना गर्न भनी विद्यालयमा जाँदा प्रध्यानाध्यापक राजेश राय यादवले…

२०७८ श्रावण १९, मंगलवार १८:०० गते  
आलमका आफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप

दर्जनौँ व्यक्तिलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री एवम् निलम्बित सांसद मोहम्मद आफताव आलमका आफन्त, नातागोता, नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरूले शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट अर्थात असार ३० गतेदेखि नै धम्की दिइरहेको यमुना गाउँपालिका–४ का पीडित श्रीनारायण सिंहले आरोप लगाउनु भएको…

२०७८ श्रावण ८, शुक्रबार ११:१४ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीया एक बालकविरुद्ध पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा साउन ३ गते उजुरी दर्ता गराउनु भएको छ । पीडित बालिकालाई हेटौँडाबाट ललाइफकाई रौतहटको चन्द्रनिगाहापुरमा ल्याएर असार ३१ गते राति बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ । आरोपित बालकलाई इलाका प्रहरी कार्यालय…

२०७८ श्रावण ३, आईतवार २०:३७ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा देवाही गोनाही नपा—१ का ४० वर्षीया राकेश राउत कुर्मीविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय गरुडामा साउन १ गते उजुरी दिएकी छन् । असार ३१ गते मध्यराति सुतिरहेको बेला घरभित्र प्रवेश गरी आरोपित कुर्मीले ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको पीडित महिलाको आरोप छ । पीडित…

२०७८ श्रावण १, शुक्रबार २०:०० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२२ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अर्धवार्षिक समीक्षा असार २६ गते गरिएको छ । घटनाहरूको प्रकाशन पूर्व सरोकारवाला निकायबिच आयोजित कार्यक्रममा महिला अधिकारकर्मी देवकी नेपालले मानव अधिकारको समग्र क्षेत्रमा इन्सेकले विगत लामो समयदेखि…

२०७८ असार २७, आईतवार १९:५८ गते  
खाद्य अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चन्द्रपुर नगरपालिका–९ डुमरियामा असार १७ गते खाद्य अधिकारका विषयमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्रपुर नगरपालिका–९ का वडा अध्यक्ष गोविन्दप्रसाद दुलालले प्रत्येक व्यक्तिले फजुल खर्च जोगाएर आफ्नो घरका बालबालिका तथा ज्येष्ठ नागरिकका लागि लगानी गर्नुपर्ने बताउनु भयो ।…

२०७८ असार १८, शुक्रबार १२:४८ गते  
आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा असार १५ गते चन्द्रपुर नगरपालिका–७ बनबहुअरी मुसहर टोलमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा स्थानीय लिलावती माझीले घरमा छाना नभएर आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नु भयो । घर नभएकाले बालबालिकाहरू वर्षातको समयमा असुरक्षित रहेको तथा बालबालिकाहरूले…

२०७८ असार १६, बुधबार १९:५५ गते