पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

गरुडा नगरपालिका–८ बसविटी जिंगडीया टोल का विजय महराका परिवारलाई ०८० कात्तिक ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा राखी कुटपिट गरी यातना दिएको कारण मृत्यु भएका मृतक महरा परिवारको…

October 21, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका-५ का २० वर्षीय नसिर इमामलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८० असोज २० गते गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई असोज १९ गते राती बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध असोज २० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएका हुन् । आरोपित…

October 8, 2023  
रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार

यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्ने क्रममा सोही उद्योगका कर्मचारीले कुटपिट तथा दुर्व्यवहार गरेका छन् । शिवम क्रसर उद्योगले मापदण्ड विपरीत खोला उत्खनन गर्नुका साथै वातावरण प्रदुशण गरेको स्थानीयको गुनासोको आधारमा भदौ ४ गते…

August 23, 2023  
गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै धर्ना

गौर नगरपालिकामा स्थित राइस मिल्सको चौरमा भएको घटनाको दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले साउन १८ गते पनि धर्ना जारी राखेका छन् । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिको आयोजनामा साउन १३ गतेदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालिन धर्ना दिएका हुन् । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिका संयोजक रुपसागर देवीले गौर हत्या घटनाको छानविन गर्न,…

August 3, 2023  
दाइजो नल्याएको आरोपमा परिवारजनबाट आमाछोरीको हत्या

मौलापुर नगरपालिका–४ बौधा पतौराकी २४ वर्षीया माला भन्ने कविता साह र दुई वर्षीया छोरी आरोही साहलाई असार १५ गते राति कविताका २८ वर्षिय पति धीरेन्द्र साह र परिवारजनले हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका बुबा माधवनारायण नगरपालिका–५ मिठुअवाका विजयशङ्कर साहका अनुसार तीन वर्षअघि सामाजिक रीतिरिवाजमा धीरेन्द्र साह र…

July 2, 2023  
गरुडा नगरपालिकामा प्रर्दशनकारी र प्रहरीबिच झडप

गएको स्थानीय तहमा गरुडा नगरपालिकामा लोकतान्त्रिक समाजपादी पार्टी (लेसपा) का तर्फबाट प्रत्यासी नगर प्रमुखका उम्मेद्वार दिपक यादव नेतृत्वको समूहले नगरपालिकामा ढुङ्गामुढा गरेपछि प्रहरीले रोक्न खोज्दा चैत २९ गते झडप भएको छ । गरुडा नगरपालिका कार्यालयले चैत ३० गते गर्न लागेको सार्वजनिक सुनुवाइ रोक्न नमानेपछि यादव नेतृत्वको समूहले त्यसको विरोधमा नगरपालिका…

April 13, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गढीमाई नगरपालिका—९ इनर्वाका २१ वर्षीय सुबोध गोसाइँ ०७९ फागुन ३० गते गरुडा बजारबाट गिरफ्तार भएका छन् । आरोपितले पीडित बालिकालाई ०७९ मङ्सिर ८ गते बलात्कार गरेका हुन् । आरोपित विरुद्ध पीडितका दाजुले ०७९ माघ १३ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएका हुन् र…

March 15, 2023  
बलात्कार घटनाका आरोपीतविरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई परोहा नगरपालिका—३ का २८ वर्षीय शेख करनैलले ०७९ माघ २६ गते घर नजिकै आँपको बगैचा जाने क्रममा बलात्कार गरेको आरोपमा पीडितले ०७९ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय गौरमा आरोपीतविरुद्ध जबरजस्ती करणीको उजुरी दर्ता गराएकी छिन् । पीडितलाई आरोपीतले आँपको बगैचा जाने क्रममा एक्कासी संवेदनशील अंगहरू समाती…

February 27, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वृन्दावन नगरपालिका—३ का २३ वर्षीय दिपक रायलाई फागुन २ गते गिरफ्तार गरेको छ । आरोपित रायले बालिकालाई ०७९ असार १२ गते डर त्रास देखाएर बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा ०७९ असार २० गते उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण…

February 15, 2023  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई राजपुर नगरपालिका—३ का २१ वर्षीय शेख मोजरे आलम भन्ने रेहानले ०७९ माघ १० गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय गौरमा माघ २३ गते उजुरी दिएकी छिन् । पीडित बालिका घरमा बसीरहेको अवस्थामा आरोपीतले बकैया नदिको किनारमा फोनबाट बोलाएर धाक धम्की दिई बलात्कार गरेको पीडितले…

February 7, 2023