आमाको नामबाट नागरिकता दिनबाट वञ्चित गराउनु दुर्भाग्य होः मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यले आमाको नामबाट नागरिकता नदिनु दुर्भाग्य भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चैत २५ गते जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वय विषयक छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले २१ औँ शताब्दीमा पनि आमाको नामबाट नागरिकता नदिइ संवैधानिक हकबाट वञ्चित गराउनु दुर्भाग्य भएको बताउनु…

April 9, 2022  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको आर्थिक सहयोग तथा मानव अधिकार निगरानी समूह गौशालाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा गौशालाका…

March 15, 2022  
क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । क्षमताभन्दा झण्डै चार गुणा बढी सङ्ख्याका कैदीबन्दीहरू कारागारमा बस्नु पर्दा सुत्न, बस्न र खाना पकाउन समस्या भएको छ । पछिल्लो पाँच वर्षयता ३ सय ५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५ सय पुगेको छ । कारागारको १ सय…

March 14, 2022  
स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिरामीहरू मर्कामा, स्वास्थ्य बीमा कार्यक्रम प्रभावहिन

महोत्तरीको जिल्ला अस्पताल र जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा औषधि नपाउँदा बिरामीहरू मर्कामा परेका छन् । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भएपनि जिल्ला अस्पताल र जिल्लास्थित ग्रामीण क्षेत्रमा रहेका अधिकाँश स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा…

March 14, 2022  
महोत्तरीको गौशाला नगरपालिकामा इएलपी परियोजनाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय जनकपुरद्वारा महोत्तरीको गौशाला नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको अवस्थाबारे माघ २४ गते अनुगमन गरेको छ । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना लागु भएको तेश्रो वर्षमा कार्यक्रमको प्रभावकारिता, नगरपालिका र मानव अधिकार समूहबिचको समन्वयको अवस्थाबारे अनुगमन गरिएको हो । अनुगमनको क्रममा मानव अधिकार निगरानी…

February 9, 2022  
जनमत पार्टीका जिल्ला उपाध्यक्ष सहित ६ जना गिरफ्तार

पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिँडेका जनमत पार्टी महोत्तरीका ६ जना नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा महोत्तरीका जिल्ला उपाध्यक्ष मकसुधन महतो, बलवा नगरपालिका–६ का सो पार्टीको वडा कमिटीका अध्यक्ष नारायण साह, गौशाला नगरपालिका–१ का अध्यक्ष वीरेन्द्र महतो, बर्दिबास नगरपालिका–६ का विनोदकुमार महतो, पिपराका अजीतकुमार ठाकुर र पिपराका…

February 3, 2022  
एम्बुलेन्सबाट थुतेर घाइते प्रहरीको हत्या प्रकरणः घटनामा संलग्न १९ जना ‘फरार’ आरोपितको सम्पति रोक्का गर्न आदेश

मधेस आन्दोलनको क्रममा घाइते असई थमनबहादुर बिकलाई उपचारको लागि जनकपुरधाम लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले कुटपिट गरेको घटनामा संलग्न रहेका र हालसम्म गिरफ्तारीमा नपरेका १९ जना आरोपितहरूको सम्पति रोक्का गर्न महोत्तरी जिल्ला अदालतले माघ १८ गते आदेश दिएको छ । मधेश आन्दोलनको बेला ०७२ भदौ २५ गते महोत्तरीको सशस्त्र प्रहरी…

February 2, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते बर्दिवासमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धित ५२ ओटा घटनाहरू इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहले प्रस्तुत गर्नु…

January 2, 2022  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई सोही दिन गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक रूपमा चौलिखा प्रहरी चौकीमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौलीखा प्रहरी चौकीले…

December 29, 2021  
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया

बर्दिबास नपा–३ गौरीडाँडामा मङ्सिर २५ गते इन्सेकले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि तथा सम्बन्धित निकायका सरोकारवाला वडा अध्यक्ष, वडा सदस्य, मानव अधिकार निगरानी समूहका पदाधिकारी, बाल अधिकार चेतना समूहका पदाधिकारी, स्वयम्सेविका, शिक्षा, स्वास्थ्य, कृषिसँग…

December 12, 2021