बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नपा–५ बिसनपुर बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोही दिन गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर सरोज राइका अनुसार पीडित परिवारले जेठ २९ गते दिएको उजुरीको आधारमा आरोपित यादवलाई सोही दिन राति गिरफ्तार गरिएको हो । पीडित…

June 14, 2022  
‘बोक्सी’ आरोपमा दुई महिलामाथि कुटपिट

जलेश्वर नगरपालिका–६ धबौली टोलमा बस्ने ५५ वर्षीया कालोदेवी महतो र सोही ठाउँकी ५४ वर्षीया दुलरिया देवी रामलाई जेठ २६ गते सोही ठाउँका ४५ वर्षीय भुलन राम, ५० वर्षीय तलेवर राम, २५ वर्षीय राकेश राम, २४ वर्षीय रवि राम, ३० वर्षीय रामु राम, २८ वर्षीया सोमनी भनिने सोमारी देवी राम र…

June 12, 2022  
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए

महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न भएर परिणाम समेत घोषणा भइसकेपछि एउटा मतपेटिकाको गणना नै छुटेको पाइएको हो । यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले भने स्टोरमा…

May 19, 2022  
बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि कुटपिट

बर्दिबास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि वैशाख ३० गते आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार बर्दिवास नगरपालिका–६ किसाननगरबाट बर्दिबासतर्फ मतपेटिका बोकेको गाडीसँग सँगै आइरहेका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि बर्दिबासका निवर्तमान मेयर विदुरकुमार कार्कीका आफन्त र समर्थकहरुले कुटपिट गरेको हो । कुटपिटबाट बर्दिवास–६ बस्ने ३४ वर्षीय…

May 14, 2022  
लोसपाबाट मठिहानी मेयर पदका उम्मेदवार मण्डलमाथि हातपात

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट महोत्तरीको मठिहानी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद मण्डलमाथि एक समूहले हातपात गरेको पीडितको आरोप छ । वैशाख २७ गते राती ८ बजे चुनाव प्रचारको क्रममा मठिहानीबाट बरदाहा तर्फ जाँदै गर्दा मण्डल सवार गाडी एकिकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका बिजय चौधरीका छोरा दिपेशले…

May 11, 2022  
महोत्तरीमा दलहरूद्वारा आचारसंहिताको उल्लङ्घन

महोत्तरीमा दलहरूद्वारा रुपमा निर्वाचन आचारसहिंताको उल्लङ्घन गरिएको देखिएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको उल्लङ्घनसम्बन्धी निर्देशिका अनुसार सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने बताइएपनि प्रायजसो सबै दलहरुले सार्वजनिक स्थलहरूमा राजनीतिक दलको झण्डा र चुनाव चिन्ह अङ्कित ठूलठूला व्यानरहरू झुण्ड्याएका छन् । औरही नगरपालिका, वडा कार्यालय,…

April 29, 2022  
एमाले उम्मेदवारमाथि कार्यकर्ताद्वारा हातपात

गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ । गौशालामा नेकपा एमालेले वैशाख १३ गते मेयरमा कुशवाहालाई टिकट दिने टुङ्गो लगाएपछि अर्का मेयरका आकांक्षी रामऔतार महासेठले वडा नं. ४ को वडाध्यक्षमा टिकट माग गर्दै आफ्ना समर्थक सहित कुशवाहाको घर घेराउ गरेको कुशवाहाको…

April 26, 2022  
इन्सेकको नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोयनको पहिलो दिन अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा स्थानीय तहको निर्वाचन मनोनयन दर्ताको पहिलो दिन अनुगमन गरिएको छ । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका मानव अधिकार अधिकृत मनमाया राना मगर, सहायक प्रथम राजिवकुमार कर्ण र प्रादेशिक बाल अधिकार सञ्जाल मधेस प्रदेशका अध्यक्ष आशुतोष झाले…

April 24, 2022  
मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील, ८ सय ८८ संवेदनशील र २ सय १२ केन्द्रलाई सामान्य मतदान केन्द्रको सूचीमा…

April 20, 2022  
पीडितलाई औषधोपचार का लागि सहयोग, कानुनी कारवाहीको माग

६ वर्षीया बालिकालाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका–८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका–३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको भनिएको घटनाको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले चैत २६ गते स्थलगत अध्ययन गरी घटनाको…

April 11, 2022