कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा निवासी मानव अधिकार एलाइन्स (राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल) की ३२ वर्षीया रिना भनिने शान्ता कुमारी बजगाँईलाई साउन २१ गते जीतपुरसिमरा उपमहानगरपालिका–६ की ३२ वर्षीया संजिता खत्रीले कुटपिट, गाली गलैज तथा दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० साउन २२ गते उजुरी दिएकी छिन्…

August 8, 2023  
दाइजोका कारण हत्या घटनाका आरोपित विरुद्ध उजुरी

बिश्रामपुर गाउँपालिका—१ चतवा टोलकी २५ वर्षीया जाया कुशवाहालाई दाइजोका कारण हत्या गरेको आरोपमा ३२ वर्षीय पति सन्दीप कुशवाहा, ५० वर्षीया सासू विद्यादेवी कुशवाहा र २७ वर्षीय देवर प्रविण कुशवाहाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते उजुरी दिएको छ । बहिनी जया कुशवाहको विवाह ०७८ मड्सिर २७ गते सन्दीप…

August 3, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १२ बर्षीय बालकलाई ०८० असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० असार १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो । पीडितका अनुसार आरोपितले यौन दुर्व्यवहार गरि विवाह…

June 26, 2023  
तालाबन्दीका कारण पठनपाठन प्रभावित

सुवर्ण गाउँपालिका–४ हर्दिया औरैयास्थित श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीहरूले विभिन्न १४ बुँदे माग राखी विद्यालयमा जेठ ५ गते देखि तालबन्दि गरेका कारण पठनपाठन प्रभावित बनेको छ । बिद्यालयको मुल गेट र कक्षा कोठामा लाता लगाएर सडक बन्द गरी आन्दोलनमा उत्रिकएका हुन् । बिद्यार्थीले आफ्ना माग पुरा नगरेको भन्दै…

June 1, 2023  
दलित युवकमाथि तातोमाड छ्यापी घाइते बनाउने पूजारी गिरफ्तार

सिम्रोनगढ नगरपालिका–२ अमृतगञ्जका २२ वर्षीय अनमोल पासवानमाथि वैशाख २९ गते तातोमाड छ्यापी घाइते बनाएको आरोपमा सोही वडामा रहेको रानीवास रामजानकी मन्दिरका निमित्त महन्थ पूजारी ५० वर्षीय अनरुद्ध पाण्डेलाई इलाका प्रहरी कार्यालय सिम्रोनगढले सोही दिन गिरफ्तार गरेको छ । पीडितका पिता ४८ वर्षीय परशुराम हजराले पूजारीले तातोमाड शरीरमा फ्याकेर घाइते बनाएको आरोपमा…

May 14, 2023  
उपनिर्वाचन स्थलमा होहल्ला गरि बाधाअवरोध गरेको आरोपमा पाँच जना गिरफ्तार

देवताल गाउँपालिका–७ पिपरपाती जब्दीको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा होहल्ला गरि मतदान स्थलमा बाधा आवरोध गर्ने पाँचजना आरोपितलाई जिल्ला प्रहरी कार्यालयले वैशाख १० गते मतदान स्थलबाट गिरफ्तार गरेको छ । आरोपितहरूलाई गिरफ्तार गरि थप अनुसन्धान गरिरहेको एसपी होविन्द्र बोगटीले बताउनुभयो । रौतहट जिल्ला बौधीमाई नगरपालिका–४ का ४७ वर्षीय बृजकिशोरप्रसाद यादव,…

April 23, 2023  
निर्वाचन आयोगद्वारा मुख्यमन्त्रीलाई स्पष्टिकरण पेश गर्न निर्देशन

निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई बारा जिल्ला क्षेत्र नं. २ उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमति बिना निर्वाचना आचारसंहिता विपरीत कार्य गरेको भन्दै लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले वैशाख १० गते निर्वाचन भइरेको समयमा के कारणले पचरौता नगरपालिकाका…

April 23, 2023  
बारा क्षेत्र नं २ मा उपनिर्वाचन सुरु

२०८० वैशाख १० गते महागढीमाई नगरपालिका–१० स्थित भोला माध्यमिक विद्यालय मतदान स्थलमा  बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान बिहान ७ बजेबाट सुरु गरिएको मतदान केन्द्र “क” का अधिकृत समसुलहक मियाँले बताउनुभएको छ । यस मतदान केन्द्रमा स्थानीय ८० वर्षीय बसराज महतो कोइरी लगायतले मतदान गरेको छ । यसैगरी…

April 23, 2023  
बारा निर्वाचन क्षेत्र नं. २ मा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले बारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको वैशाख ९ गते अनुगमन गरेको छ । टोलीले महागढीमाई नगरपालिका–२ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय र पचरौता नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेनौली र नेपाल राष्ट्रिय प्राथमिक…

April 22, 2023  
उम्मेदवार तथा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

बारा क्षेत्र नं २ मा वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा राजनितिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन् । वैशाख ६ गते महागढीमाई नगरपालिका–१ बरियारपुरमा सत्ता गठवन्धनको चुनावि सभा गर्नकालागि मञ्च तयारी भएकोमा पाँच दलका झण्डा, व्यानर, तुल, छाता छापका स्टिकर आचारसंहिता विपरीत सजाइएको छ । नेकपा…

April 20, 2023