हत्या घटनाको आरोपमा गिरफ्तार
निजगढ नगरपालिका–१२ बुङजोर टोलकी ७१ वर्षीया कान्छीमाया घलानको बुङजोर खोलाको डिलमा ०७९ फागुन २ गते साँझ हत्या गरेको आरोपमा मृतकका कान्छा छोरा ४० वर्षीय सुन्नी लामालाई फागुन ३ गते हेटौडा नगरपालिका–१ बाट गिरफ्तार गरेको छ । फागुन १ गते आमासँग भएको घरायसी विवादका कारण सुन्नी लामाले कुटपिट गरि हत्या गरेको…
खेतमा उखु सुकेकाले क्षतिपूर्तिका लागि पहल गर्न आग्रह
कलैया उपमहानगरपालिका–१७ ब्रहमपुरी टोलका ३० वर्षीय उखु किसान राधेश्याम साहले संघीय कृषि तथा पशुपंक्षि मन्त्रालय र कलैया उपमहानगरपालिका–२४ रिलायन्स चिनी उद्योगले दिएको उखुको विउ रोपेको उखुमा रोगलागेर प्रकोपकोरुप लिएको र प्रकोप नियन्त्रण गर्न नसकेकाले क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारामा माघ २८ गते निवेदन…
कर्मचारी धर्नामा बस्दा सेवाग्राही सेवाबाट बञ्चित
सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाका कर्मचारीहरू धर्नामा बसेपछि लाभार्थीहरू स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । सिम्रोनगढ नगरपालिकाको स्वस्थ्य शाखाले माघ १६ गते नगर अस्पताल सिम्रोनगढमा (बहिरगं) ओपीडी सेवा मात्र सञ्चालन गर्ने अरु सेवा बन्द गर्ने सूचना टाँस गरेपछि कर्मचारीहरू अस्पतालमा तालाबन्दि गरि धर्नामा बसेका छन् । अस्पतालमा रहेका ३० जना स्वास्थ्यकर्मी…
औषधी अभाव हुँदा स्थानीय सेवाग्राही समस्यामा
सुवर्ण गाँउपालिकाका आधारभुत स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा आफूहरु समस्यामा परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गर्नुभएको छ । गाउँपालिकामा सात ओटा आधारभुत स्वास्थ्य संस्था र एक ओटा प्राथमिक स्वास्थ्य केन्द्र गरी जम्म आठ ओटा स्वास्थ्य संस्थामा औषधी अभाव भएपछि सेवाग्राहीलाई समस्या भएको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र साहले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निजगढ नपा–२ का ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठलाई ०७९ पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित श्रेष्ठले गत असोज १९ गते दशैंको टिकाको दिन आरोपितको घरमा बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते उजुरी…
इन्सेकद्वारा निर्वाचनको पूर्व अवस्था बारे प्रजिअसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक पासवानको नेतृत्वमा रहेको इन्सेक पर्यवेक्षक टोलीले कात्तिक २९ गते जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसँग भेटघाट गरी जिल्लाको शान्ति सुरक्षा, निर्वाचनको तयारी र अति संवेदनशिल मतदान केन्द्र र जिल्लाका मतदान स्थालको विषयमा छलफल गर्नु भएको छ । भेटघाट तथा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएर जेठ १७ गते गर्भपत गराएको आरोपमा प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोलका २५ वर्षीय श्यामसुन्दर साह तेलीलाई कात्तिक २८ गते बेलहिया टोलबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित तेलीले पटक–पटक बलात्कार गर्दै आएको र गर्भवती भएपछि ०७९ जेठ १७ गते गर्भपतन गराएको आरोपमा…
निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा निवर्तमान प्रदेश सभा सदस्यको गाडी नियन्त्रणमा
जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहा टोलका ४५ वर्षीय निवर्तमा प्रदेश सभा सदस्य शुन्दर विश्वकर्माले मधेस प्रदेश सरकारले उपलब्ध गराएको गाडी चुनावमा प्रयोग गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमिल्सिनाको कमाण्डमा रहेको प्रहरीले नियन्त्रणमा लिएको छ । बारा निर्वाचन क्षेत्र नं ४…
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै पहलका लागि इन्सेक प्रतिनिधिलाई आग्रह
सिम्रोनगढ नगरपालिकाको कार्यालयमा प्रक्रिया पुरा नगरी नियुक्ति भएका कर्मचारीहरुको ०७९ कात्तिक १ गतेदेखि म्यद नथप्ने ०७९ असोज २८ गते निर्णयपछि म्याद थप नभएका कर्मचारीहरुले असोज ३१ गतेदेखि नगरपालिकामा ताला लगाएपछि सामाजिक सुरक्षा भत्ता र अन्य सिफारीश लगायतका सबै सेवा बन्द रहेकाले सेवाग्राहीहरुले इन्सेक बारा प्रतिनिधि भोलानाथ पौडेललाई कात्तिक १७ र…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले निजगढ नगरपालिका–२ का वडा अध्यक्ष ३५ वर्षीय राजु भनिने राजन श्रेष्ठ बिरुद्ध इलाका प्रहरी कार्यालय निजगढमा असोज २५ गते दिएको उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपित श्रेष्ठले असोज १९ गते दशैँको टिकाको दिन आरोपितको घरमा बलात्कार गरेको भन्दै पीडित बालिकाको…