दम्पत्ती हत्या घटनाका आरोपित तीन जना गिरफ्तार

जितपुरसिमरा उमनपा-३ बजनीका ३५ वर्षीय दिपक सुवेदी र उनकी पत्नी ३२ वर्षीया दिपिका सुवेदीलाई ०७४ मङ्सिर १५ गते हत्या गरेको आरोपमा प्रहरीले जेठ ११ गते जितपुरसिमरा उमनपा-२ का ३४ वर्षीय रमेश थापा, ३८ वर्षीय अजय लामा र सोही उमनपा-३ का ३८ वर्षीय गुप्तबहादुर लामालाई गिरफ्तार गरेको छ । आरोपित सबैलाई…

२०७५ जेष्ठ १२, शनिबार २२:०० गते  
जिल्लास्तरीय अनुभव आदान प्रदान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम' अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक वैशाख २५ गते कलैयामा सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारसँग सम्बन्धित सरोकारवाला निकाय जिल्ला जनस्वास्थ्य, जिल्ला पशु कार्यालय, जिल्ला शिक्षा विकास तथा…

२०७५ बैशाख २६, बुधबार ११:४८ गते  
इन्सेकको सहजीकरणमा विद्यार्थी भर्ना अभियान

वैशाख २ गतेदेखि जारी विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहजीकरणमा जिल्लाको विभिन्न ठाउँमा विद्यार्थी भर्ना अभियान थालिएको छ । इन्सेकद्वारा संचालित 'मानवअधिकार उल्लंघन तथा ज्यादती पीडितहरूको अधिकार प्रबर्द्धन' कार्यक्रमअन्तर्गत भर्ना अभियान सुरु गरिएको हो । कलैया उपमहानगरपालिकाको वडा नम्बर-१५ खम्बा र जितपुरसिमरा उपमहानगरपालिका-२४ मनहर्वामा…

२०७५ बैशाख ९, आईतवार २१:५१ गते  
बारामा फोरमको विजय जुलुसमा गोली चल्यो, चार जना प्रहरी घाइते

बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका-२ बेल्दारीमा सङ्घीय समाजवादी फोरमले आज विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको राससले जनाएको छ । जसल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारका अनुसार दिउँसो साढे ३ बजे सङ्घीय समाजवादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध…

२०७४ मंसिर २७, बुधबार २१:२१ गते  
उम्मेदवारको प्रचार गाडीमा विष्फोट

निर्वाचन क्षेत्र नम्बर-४ 'क' मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभाका उम्मेदवार ओम कार्कीको प्रचार गाडीमा मङ्सिर ४ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । बिहान साढे ५ बजे भएको बम विष्फोटबाट गाडीको भित्री भाग क्षतिग्रत भएको जनाइएको छ । जितपुरसिमरा-१ स्थित चालकको घर अगाडि पार्किङ गरिराखेको बा १४ च…

२०७४ मंसिर ४, सोमबार २०:५० गते  
बारागढी गाउँपालिकाको मतगणनामा विवाद, २४ घण्टादेखि स्थगित

बारागढी गाउँपालिकाको मतगणना विवादका कारण २४ घण्टादेखि रोकिएको छ । असन्तुष्ट पक्षले वडा नं ६ को निर्वाचन पुनः गराउनुपर्ने अडान राखेकाले मतगणना हुन नसकेको जनाइएको छ । निर्वाचन अधिकृत रमेश घिमिरेले आयोगमा चिठ्ठी लेखेर पठाउने तयारी गरिएको बताए । मतपत्रहरू कोठामा त्यतिकै यत्रतत्र छरिएको निर्वाचन अधिकृत घिमिरेले बताए । सर्वदलीय…

२०७४ आश्विन ४, बुधबार २२:०३ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा छलफल

स्वच्छ निर्वाचन नागरिक अभियानद्वारा निष्पक्ष र भयरहित निर्वाचनका लागि भन्दै कलैयामा भदौ २७ गते सर्वपक्षीय छलफल गरेको छ । छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासनको लागि जनप्रतिनिधि आवश्यक भएकाले स्थानीय तहको चुनाव भयरहित र निष्पक्ष गराउन सबैको सहयोग हुनुपर्ने बताए । 'असल समाज निर्माणको लागि…

२०७४ भाद्र २७, मंगलवार २२:५२ गते  
आचारसंहिता विपरीत टाँगिएका तुल र व्यानर हटाइयो

निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक स्थलहरूमा चुनाव प्रचारका लागि झुण्ड्याइएका तुल व्यानर, झण्डालगायतका प्रचार सामग्रीहरू भदौ २७ गते प्रहरीले हटाएको छ । गृह मन्त्रालय र निर्वाचन आयोगकको कडा निर्देशनपछि यहाँका ५ हजार भन्दा बढी तुल, व्यानर हटाइएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैद्वारले बताए । राजनीतिक दल र तिनका उम्मेदवारसित समन्वय…

२०७४ भाद्र २७, मंगलवार २२:५१ गते  
बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको छ । असोज २ गते हुन लागेको चुनावको चहलपहल बढिरहँदा चुनाव प्रचार शैली भड्किलो भएको नागरिक समाजका अगुवाहरूको प्रतिक्रिया छ । दलका उम्मेदवारहरूले लामो र ठूलो अकारका व्यानर प्रयोग गरिरहेका…

२०७४ भाद्र २७, मंगलवार ०९:४६ गते  
उम्मेदवारसँगै चुनावी कार्यक्रममा मन्त्री र सांसद

कलैया उपमहानगरपालिकामा भदौ २२ गते स्थानीय तह निर्वाचनको प्रचारप्रसार कार्यक्रममा बहालवाला मन्त्री र सांसद सहभागी भएका छन् । उम्मेदवारी मनोनयनको भोलिपल्टै आचारसंहिता विपरीत उनीहरू भोट माग्न घरदैलोमा सहभागी भएका हुन् । काङग्रेसका बहालवाला सांसद तथा श्रम मन्त्री फरमुलाह मन्सुर र बहालवाला सांसद राधेचन्द यादव काङ्ग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेश…

२०७४ भाद्र २३, शुक्रबार १६:४२ गते