बारामा आचारसंहिता उल्लङ्घन बढ्दो

प्रदेश नं. २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार, मन्त्री र सांसदहरूबाट आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढिरहेको छ । असोज २ गते हुन लागेको चुनावको चहलपहल बढिरहँदा चुनाव प्रचार शैली भड्किलो भएको नागरिक समाजका अगुवाहरूको प्रतिक्रिया छ । दलका उम्मेदवारहरूले लामो र ठूलो अकारका व्यानर प्रयोग गरिरहेका…

September 12, 2017  
उम्मेदवारसँगै चुनावी कार्यक्रममा मन्त्री र सांसद

कलैया उपमहानगरपालिकामा भदौ २२ गते स्थानीय तह निर्वाचनको प्रचारप्रसार कार्यक्रममा बहालवाला मन्त्री र सांसद सहभागी भएका छन् । उम्मेदवारी मनोनयनको भोलिपल्टै आचारसंहिता विपरीत उनीहरू भोट माग्न घरदैलोमा सहभागी भएका हुन् । काङग्रेसका बहालवाला सांसद तथा श्रम मन्त्री फरमुलाह मन्सुर र बहालवाला सांसद राधेचन्द यादव काङ्ग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार राजेश…

September 8, 2017  
दुई वर्षीय बालकको हत्या, आरोपित गिरफ्तार 

रौतहट जिल्ला गढीमाई गाउँपालिका-७ घर भएका आविद अन्सारीका दुई वर्षीय छोरा रेयाल अन्सारीको हत्या भएको छ । हत्या गरेको आरोपमा प्रहरीले १८ वर्षीया हसबुन खातुनलाई गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ । आमासँगै सिम्रौनगढ नगरपालिका-३ जोलाहीस्थित मावलीमा बस्दै आएका बालकको भदौ १२ गते हत्या भएको हो । बालक आमा रविना…

August 29, 2017  
बाढीले पीडित सुत्केरीलाई राहत सामग्रीको अभाव

साता अघि आएको भारी वर्षा र बाढीले कच्ची घरमा पानी, बालुवा, पाँगो पसेसँगै घरको बार भत्किनु र झरीका कारण छाना चुहिएकाले यहाँका सुत्केरीहरूलाई समस्या भएको छ । पसाहा खोलामा आएको बाढीले कलैया उपमहानगरपालिका-१४ को भौरा र बघवन टोलको ६ जना भन्दा बढी एक महिनाभित्रका सुत्केरी ओसिलो र हावा लाग्ने घरमा…

August 21, 2017  
वर्षा र बाढीको कारण तीनको मृत्यु, जनजीवन कष्टकर

भारी वर्षा र बाढीको चपेटामा परी बालकसहित तीन जनाको मृत्यु भएको छ । साउन २६ गतेदेखि परेको अबिरल पानी र बाढीले छुट्टाछुट्टै दुई कच्ची घर भत्किँदा २८ गते २ जनाको मत्यु भएको छ । पचरौता गाउँपालिकाको बलधुसवामा जमुनी नदीमा आएको बाढीले बृद्धाश्रममा बसेका आदर्श कोतवाल गाउँपालिका ९ का ७० वर्षीय…

August 13, 2017  
परिवारिक झडपमा नौ महिने बालिकाको मृत्यु

जग्गाको विषय लिएर भएको परिवारिक झगडापमा बाँसको भाँटा प्रहारबाट नौ महिने बालिकाको साउन ६ गते मृत्यु भएको छ । उपचारको लागि कलैया अस्पतालमा ल्याएपछि उनको मृत्यु भएको हो । घटना छानबिन गर्न भन्दै प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । सुवर्ण गाउँपालिका-१ बगही निवासी पन्नालाल मुखिया बिनकी नौ महिने छोरी…

July 22, 2017  
पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा राम चमारको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका-२० माइतीमा वर्षौँदेखि बस्दै आएकी पत्नी मन्तुरीलाई सुतिरहेको अवस्थामा असार ५ गते घाँटी…

July 1, 2017  
राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते हातपात गर्दै दुर्व्यवहार गरेका छन् । मतदान अधिकृतहरूलाई हातपात गरेको आरोपमा प्रहरीले घोषित निर्वाचनविरूद्ध आन्दोलित राजपा निकट युवा सङ्गठनका स्थानीय नेता पन्नालाल पटेललाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

June 13, 2017  
राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध 

स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्‍याउन खोजेपछि राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैयास्थित रामराजा क्याम्पसमा सञ्चालित ४ सय जना सहभागी मतदान अधिकृतको तालिम सुरू हुनासाथ २०/२५ जनाको सङ्ख्यामा पुगेका राजपा कार्यकर्ता र प्रहरीबिच…

June 12, 2017  
बाराका १४ मतदान केन्द्र संवेदनशील

बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको राससले जनाएको छ । उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा मतदान गर्न सक्ने गरी कडा सुरक्षा व्यवस्था…

June 8, 2017